विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे ।
उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गरे ।
भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापीरूपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनर्निर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।’
बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १२:४७
काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
पौष ७ गते, २०८१ - ११:४५
पोखरा । रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका हुन् । क...
पौष ७ गते, २०८१ - ११:४१
काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्द...
पौष ७ गते, २०८१ - ११:३७
काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएक...
पौष ७ गते, २०८१ - ११:३०
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुगे । आश्रममा रहेकाहरूको स...
पौष ७ गते, २०८१ - ११:१८
काठमाडौं। आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...
पौष ७ गते, २०८१ - ११:१४
काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ । यो...
पौष ७ गते, २०८१ - ११:०१
दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको क...
प्रतिकृया लेख्नुहोस्: