काठमाडौं । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।
नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैँचा व्यवसायीले अर्थमन्त्री समक्ष नेपाली गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए ।
नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैँचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरुले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताए ।
त्यस्तै, तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्थालाई पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग व्यवसायीहरुको छ । गलैँचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊन सरह भन्सार र भ्याट छुट हुनुपर्ने माग पनि गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले यस विषयमा संसदबाटै सम्बोधन गर्नुपर्ने बताए । यद्यपि, उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
“मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिलताको अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार सम्बेदनशील र गम्भीर छ । तपाईंहरुका समस्यालाई पनि गम्भीर रुपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु”, अर्थमन्त्री पौडेलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १८:००
ललितपुर । ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० ह...
भाद्र १० गते, २०८२ - १७:५७
बागलुङ । यहाँको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा...
भाद्र १० गते, २०८२ - १७:५३
काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...
भाद्र १० गते, २०८२ - १७:४८
गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्...
भाद्र १० गते, २०८२ - १७:४५
काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटबारे पछिल्ला दिनहरूमा फैलिएको भ्रमबारे स्पष्टीकरण दिएको छ । विभागका अनुसार तत्काललाई इम्बोस्ड ...
भाद्र १० गते, २०८२ - १७:३९
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्...
भाद्र १० गते, २०८२ - १७:३५
सिन्धुपाल्चाेक । तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन् । दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँप...
भाद्र १० गते, २०८२ - १७:३२
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन स...
भाद्र १० गते, २०८२ - १७:२८
बेइजिङ । राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा ...
भाद्र १० गते, २०८२ - १७:२४
जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । राष्ट...
प्रतिकृया लेख्नुहोस्: