Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

कांग्रेस उपसभापति गुरुङ दम्पतीविरुद्ध अनुसन्धानको माग गर्दै सिआइबीमा उजुरी

मितेरी सहकारीमार्फत गुरुङ दम्पतीले करिब १५ करोड रूपैयाँ ठगी गरेको आरोप

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङनिकट स्रोतका अनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागज बनाएका छन् । ज्योति गुरुङ हाल नेपालमै नरहेको स्रोतले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ । यद्यपि समितिको छानबिनको टीओआरमा मितेरी सहकारी नपरेकाले यो विषय राज्यका अनुसन्धान गर्ने निकायमा पठाइएको एक सदस्यले बताए ।

मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ (केबी), बोधविक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ ।

बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७/७८ को लेखा परीक्षण विवरण बुझाएको छ । त्यसयता कुनै पनि विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड रहेको छ ।

बर्सेनि वार्षिक साधारण सभा नगरेका अर्थात् वार्षिक लेखा परीक्षण विवरण नबुझाएका अधिकांश सहकारी समस्यामा छन् । मितेरीले पनि विगत दुई आर्थिक वर्षको लेखा परीक्षण विवरण बुझाएको छैन ।

यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।

धनराज र ज्योति दुवैको नाममा ऋण निकालिएको र १४ करोड ८१ लाख रूपैया उनीहरूले बैंककमा ज्योति भण्डारीलाई पठाएको भने पनि अहिलेसम्म झुलाइरहेको अध्यक्ष कुम्भराजले  बताए । उनले आफूले यथार्थ विवरण संसदीय छानबिन समितिमा दिएको बताए । उनीसँग संसदीय छानबिन समितिले पनि बयान लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको लाभांश १० वर्षयताकै कम

काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...

सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...

सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...

किन पुगे रास्वपाका नेता र सांसदहरू पोखरा ?

पोखरा । रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका हुन् ।  क...

रविलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्द...

दरबारमार्गमा ‘स्याल’ले सञ्चालन गरेको रेस्टुरेन्टमा गृहमन्त्रीका आफन्त कुटिए, ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएक...

जब मन्त्री पाठकले बाल्यकालको साथीलाई आश्रममा भेटे...

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुगे । आश्रममा रहेकाहरूको स...

ह्वातत्तै बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं। आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...

सम्राटको एकल अभिनय र करणको स्वरमा अस्तिभन्दा हिजो

काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ । यो...

राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको दुःख नबुझेको गुनासो

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको क...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy