Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जापानको कुल ग्राहस्थ उत्पादनमा सामान्य कमी

खबरडबली संवाददाता

टोकियो । जापान सरकारले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा दोस्रो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले गिरावट आएको छ । 

“अप्रिलदेखि जुनसम्मको अवधिमा जापानको अर्थतन्त्र वार्षिक २.९ प्रतिशतको दरले वृद्धि भएको थियो जुन प्रारम्भिक प्रतिवेदनमा गरिएको ३.१ प्रतिशतको प्रक्षेपणभन्दा ०.२ प्रतिशतको कमी हो,” मन्त्रीपरिषद्को कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

यो कमीका लागि अपेक्षितभन्दा कम निजी खपत र पूँजीगत खर्च जिम्मेवार मानिएको छ । यद्यपि, यो आँकडाले दुई त्रैमासिकमा देखिएको पहिलो वृद्धिलाई सङ्केत गरेको छ । कार उत्पादन क्षेत्रमा सुरक्षासम्बन्धी तथ्याङ्कमा देखिएको गडबडीले पारेको नकारात्मक प्रभावले आर्थिक वृद्धिको लक्ष्यभन्दा नतिजा कम देखिएको हो । 

जापानमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य मुद्रास्फीतिको लागि समायोजित गरिएको र वास्तविक कुल ग्राहस्थ उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले बढेको छ । यो वृद्धिको प्रारम्भिक प्रक्षेपण ०.८ को तुलनामा मात्र ०.१ प्रतिशतको कमी हो । 

रिपोर्टिङ अवधिमा, पूँजी लगानी ०.८ प्रतिशतले वृद्धि भएको छ, जुन पहिले रिपोर्ट गरिएको ०.९ प्रतिशतको वृद्धिभन्दा कम हो । जापानको अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग १.० प्रतिशतको प्रक्षेपणभन्दा सामान्य कम अर्थात् ०.९ प्रतिशतले बढेको छ । 

भूकम्प र आँधीबेहरीका कारण यातायात प्रणालीमा बारम्बार भएको अवरोधका कारण तेस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादनमा नकारात्मक वृद्धि हुने सम्भावनालाई उद्धृत गर्दै स्थानीय विश्लेषकहरूले आगामी जुलाई–सेप्टेम्बरको त्रैमासिकका लागि बजारको ध्यान कुल गार्हस्थ उत्पादनतिर नै रहने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending