लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने भएको छ ।
स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध रहेको छ । ट्रेड युनियन कङ्ग्रेस (टियुसी) ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टीको स्थापना गर्न मद्दत गरेको थियो । प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गरेको थियो ।
लेबर पार्टीले जारी गरेको विज्ञप्तीका अनुसार ६२ वर्षीया स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहेको बताइएको छ ।
वर्षौँदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबिचको तनावलाई अन्त्य गर्न पहल गरिरहेका प्रधानमन्त्री स्टारमरले भनेका थिए, “ राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो”, “मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारी विरुद्ध कामदार, व्यवस्थापन विरुद्ध सङ्घ, सार्वजनिक विरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।”
टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो। यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ ।
टियुसीले तलब सम्झौतालाई “पहिलो महत्त्वपूर्ण कदम” का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: