Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा

खबरडबली संवाददाता

इराक । इरानका नव निर्वाचत राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधबार छिमेकी राष्ट्र इराक पुगेका छन् । इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति मसूद पेजेस्कियनलाई स्वागत गरेको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

आफ्नो सम्बोधनमा पेजेस्कियनले इरानको अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज बनाई अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्ध कम गर्न छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । युक्रेनविरुद्ध प्रयोजनका लागि रूसलाई छोटो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेकोमा पश्चिमी देशहरूले मङ्लबार इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेपछि उनको भ्रमण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘शत्रुतापूर्ण’ कदमका लागि उचित कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ । गाजा युद्धले मध्यपूर्वमा उत्पन्न उथलपुथलको बीचमा भएको भ्रमणले यस क्षेत्र वरपर इरान समर्थित सशस्त्र समूहहरूलाई आकर्षित गरी वासिङ्टनसँग बग्दादको सम्बन्धलाई जटिल बनाएको छ । 

सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी प्रभुत्व भएको शासनलाई अपदस्थ गरेपछि इरान र इराक, दुवै शिया बहुल देशहरू बिचको सम्बन्ध नजिक पुगेको छ । पेजेस्कियनले इरान छोड्नुअघि ‘इराक आफ्नो मित्र मुस्लिम देशमध्ये एक भएका’ले पहिलो यात्राका रूपमा यस देशमा जान लागेको उल्लेख गरेको इरानी राष्ट्रिय टेलिभिजन जनाएको छ । 

विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा इस्लामिक गणतन्त्र र प्रमुख शक्तिहरू बिचको ऐतिहासिक आणविक सम्झौताबाट भएको बहिर्गमनपछि इरानले वर्षौंसम्म पश्चिमी प्रतिबन्धहरूको सामना गर्नुपरेको छ । लाखौं इरानी तीर्थयात्रीहरू इराकको शिया पवित्र सहर नजफ र कर्बालाको यात्रा गर्छन् । राष्ट्रपति पेजेस्कियनले पनि आफ्नो भ्रमणको क्रममा उक्त तीर्थस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । 

पेजेस्कियन कुर्दिश अधिकारीहरूसँग वार्ताका लागि कुर्दिश क्षेत्रीय राजधानी अरबिल पनि जाने योजना रहेको इरानको आधिकारिक इरना समाचार एजेन्सीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE