झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर 'फुड पोइजन' हुँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । हालसम्म शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरु फेरि अस्पताल भर्ना हुन थालेको र नयाँ बिरामीहरु पनि थपिएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले बताए । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये चार जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।
अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई वान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।
बिरामी हुनेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । के भएर यति धेरैजना बिरामी परे भनेर अनुसन्धान गर्न पाँच जनाको रगत र दिशा परीक्षण गर्न पठाएको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १८ गते, २०८१ - २१:०३
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन् । मौवाखोला गाउँपालिका– २ खानीका ११ वर्षीय सञ्जय बराइली र १२ ...
आश्विन १८ गते, २०८१ - २०:५०
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट एक सय सात किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको था...
आश्विन १८ गते, २०८१ - २०:१७
नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलाम...
आश्विन १८ गते, २०८१ - १९:५४
कञ्चनपुर । कञ्चनपुरमा मरेको वयस्क हात्ती फेला परेको छ । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला...
आश्विन १८ गते, २०८१ - १९:४६
काठमाडाैं । तोकिएभन्दा बढी भाडा असुल गर्ने ६ वटा हायसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंदेखि पोखरा, दमौली, लमजुङ र खैरेनी जान लागेका हायस...
आश्विन १८ गते, २०८१ - १९:४२
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्र...
आश्विन १८ गते, २०८१ - १९:३६
काठमाडौं । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही प्रक्रिया अगाडि बढाइएको छ ...
आश्विन १८ गते, २०८१ - १९:३४
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थाप...
आश्विन १८ गते, २०८१ - १९:३०
काठमाडौं । मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण ...
आश्विन १८ गते, २०८१ - १९:२५
काठमाडौं । जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३-१ को सेट...
प्रतिकृया लेख्नुहोस्: