मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबीच केही हप्ता पहिलले रक्षा सम्झौता भएको थियो ।
मस्कोले युक्रेनमा ३० महिनाभन्दा बढी समयदेखि जारी रहेको आक्रमणलाई निरन्तरता दिन गोलाबारुदको खोजी गरिरहेको र पश्चिमा मुलुकहरूले प्योङयाङले मस्कोमा हतियार पठाएको आरोप लगाइरहेका बेला रूसको सुरक्षा परिषद्का प्रमुख शोइगुको उत्तर कोरिया भ्रमण भएको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा उत्तर कोरियाको भ्रमण गरेको थियो र उत्तर कोरियासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो । रूसी सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा भनेको छ, “राष्ट्रपति भ्लादिमिर पुटिनको राजकीय भ्रमणका क्रममा दुई देशका नेताबीच भएको सम्झौताअनुरुप प्योङयाङमा एक विशिष्ट विश्वासिलो र मैत्रीपूर्ण वातावरणमा भेटवार्ता भएको छ ।”
सोइगु र किमको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ । शोइगुले मे महिनासम्म रूसको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेको थियो । पश्चिमा मुलुक र दक्षिण कोरियाले रूस उत्तर कोरिया सम्झौताको निन्दा गरेका छन् भने युक्रेनले युद्धभूमिमा उत्तर कोरियाली वम फेला परेको बताएको छ । रूस र उत्तर कोरिया विश्वमा सबैभन्दा बढी प्रतिबन्धलगाइएका मुलुक हुन् ।
तत्कालिन सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सघाएपछि नै मस्कोको प्योङयाङसँग ऐतिहासिक सुमधुर सम्बन्ध छ । सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि मस्कोले सम्बन्धलाई थप गहिरो बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: