Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

खबरडबली संवाददाता

काठमाडौँ । स्पेसएक्सको पोलारिस डन मिशन सफलतापुर्वक पृथ्वीमा फर्किएको छ । यस मिशनको अन्तरिक्ष यान फ्लोरिडाको ड्राई टोर्टुगास समुन्द्रमा अवतरण गरेको हो ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्षयानको गति २७ हजार किलोमिटर प्रतिघण्टा थियो । हावासँगको टक्करले घर्षण सिर्जना गरेको र तापक्रम १,९०० डिग्री सेल्सियस पुगेको स्पेसएक्सले जनाएको छ । 

पोलारिस डन मिसन सेप्टेम्बर १० मा एलन मस्कको कम्पनीको फाल्कन-९ रकेटबाट प्रक्षेपण गरिएको थियो । यो ५ दिनको मिसनमा ४ जना अन्तरिक्ष यात्री १,४०८.१ किलोमिटरसम्म गएका थिए, जसमा ५० वर्षभन्दा बढी समयसम्म कुनै पनि अन्तरिक्ष यात्री गएका थिएनन् । 

मिशनको सबैभन्दा कठिन भाग फिर्ता थियो । कुनै पनि अन्तरिक्ष अभियानको सबैभन्दा कठिन भाग पृथ्वीमा फर्किनु हो । सुरक्षित रूपमा घर पुग्न, क्रू ड्र्यागन क्याप्सुलले ुडि(अर्बिट बर्नु सुरु गर्यो । यो अन्तरिक्ष यान लगभग २७ हजार किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो ।

हावासँगको टक्करले घर्षण सिर्जना गर्‍यो र तापक्रम १,९०० डिग्री सेल्सियस पुग्यो । ड्र्यागन अन्तरिक्ष यान मुनि ४ मिटर चौडा हीटशिल्डले अन्तरिक्ष यात्रीहरूलाई यो तापक्रमबाट सुरक्षित राखेको थियो । अन्तरिक्ष यान ओर्लिएपछि यसको गति सुस्त भयो ।

यसको गति अझै सुस्त बनाउन प्यारासुट खोलेर पानीमा अवतरण गरिएको थियो । एउटा विशेष डुङ्गामा उद्धार टोली पहिले नै त्यहाँ उपस्थित रहेको थियो । क्याप्सुलबाट अन्तरिक्ष यात्रीहरूलाई हटाउनु अघि, उद्धार टोलीले अन्तिम सुरक्षा जाँच गरेपछि, क्याप्सुल बाहिर निकालिएको थियो ।

यस मिशनको उद्देश्य पहिलो निजी बाह्य गतिविधि ९स्पेसवाक० थियो । साथै यस मिसनमा मानव स्वास्थ्यसँग सम्बन्धित ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिएको थियो । सेप्टेम्बर १२ मा, दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका थिए ।

मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस करिब १० मिनेटको लागि स्पेसवाकको लागि बाहिर गएका थिए । स्पेसवाक पछि, अन्तरिक्ष यानको ह्याच बन्द गरिएको थियो । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो ।

फाल्कन-९ विश्वको पहिलो अर्बिटल क्लासको पुनस् प्रयोज्य रकेट हो । फाल्कन ९ एक पुनस् प्रयोज्य, दुई(चरण रकेट हो जुन स्पेसएक्सद्वारा अन्तरिक्ष यात्रीहरू र पेलोडहरू पृथ्वीको कक्षा र त्यसभन्दा बाहिर लैजानको लागि डिजाइन गरिएको हो ।

ड्र्यागन स्पेसक्राफ्ट ७ अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा लैजान सक्षम छ । यो एकमात्र निजी अन्तरिक्ष यान हो, जसले मानिसलाई अन्तरिक्ष स्टेशनमा लैजान्छ । ड्र्यागनको पहिलो परीक्षण उडान २०१० मा भएको थियो । पोलारिस कार्यक्रमस् पोलारिस डन तीन योजनाबद्ध मिशन मध्ये पहिलो हो ।

पोलारिस डन पोलारिस कार्यक्रममा तीन योजनाबद्ध मिशनहरू मध्ये पहिलो हो । यस मिशनलाई जेरेड इसेकम्यानले अनुदान दिएका थिए । यदि सबै योजना अनुसार जान्छ भने, तेस्रो पोलारिस उडान स्टारशिपको पहिलो चालक दल मिशन हुनेछ । स्टारशिप संसारको सबैभन्दा शक्तिशाली रकेट हो, जसको विभिन्न चरणमा परीक्षण भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending