काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो मतलाई कायम राख्दै प्रतिनिधि सभाको अवरोध हटाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छन् ।
सांसद बस्नेतले सत्तारुढ सांसदहरुको अभिव्यक्ति र नेपालको राजनीतिक आन्दोलनबारे लामै चर्चा गरेका छन् ।
‘माननीयज्यूहरुले प्रयोग गर्नुभएको हिंसा शब्दलाई असंसदीय शब्दका रुपमा नभएर जनताको त्याग र बलिदानीलाई अपमान गर्ने अपमानित शब्दका रुपमा हामीले लिएका छौं’ उनले भने, ‘यसलाई केवल शब्दका रुपमा मात्र नभएर नेपाली क्रान्तिको समग्र प्रक्रियालाई तोडमोड गर्ने प्रयासका रुपमा हामीले लिएका छौं ।’सांसद बस्नेतले उक्त शब्द प्रयोग सांसदहरुको व्यक्तिगत अथवा दलगत भएको प्रष्ट पार्न समेत माग गरे ।
‘यो भनाइ माननीय ज्यूहरुको व्यक्तिगत विचार हो? वा दलको विचार हो ? वा सरकारको बुझाइ हो ? हाम्रो दलले स्पष्टताको माग गर्दछ र सच्याउन माग गर्दछ’, उनले भने ।
माओवादीको सशस्त्र विद्रोहलाई हिंसा मान्दा राजनीतिक क्रान्तिको इतिहास नै तोडमोड हुने बस्नेतले बताए । ‘झापालाई के भन्ने ? २००७ साललाई के भन्ने ? हिंसा भन्ने कि उग्रवामपन्थी भड्काव ?’ बस्नेतले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: