Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

खबरडबली संवाददाता

अस्ट्रेलिया । अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । 

पर्थ शहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोशाकमा सजिएका हजारौ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर शहरी पदयात्रा गरेका थिए । एकाबिहानै निकालिएको पदयात्रालाई ब्यवस्थित पार्न सयौंको संख्यामा स्वयमसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए । यस्तै महोत्सवस्थलमा  नेपाली खानाका बिभिन्न स्टलहरु समेत राखिएको थियो । 

महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहुसांस्कृतिकमन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको भन्दै अस्ट्रेलियालाई सफल बहुसांस्कृतिक देश बन्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बढ्दो नेपाली समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधताबारे खुलेर प्रशंसा गर्दै सरकारको तर्फबाट सहयोग गर्ने बचनसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसीले यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निभाएको बताए । उनले नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्दै अष्ट्रेलियामा नेपाली पहिचानलाई यस्ता महोत्सवले मजबुत बनाउन मद्दत पुर्‍याएको दोहोर्याए । 

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, प्रवासमा नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका निभाएको दाबी गरे । अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुशी लागेको केसीले बताए । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारीसमेत दिए । 'नागरिकताको विषयमा केही समस्या देखिएको छ, आगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुन्छ', उनले भने । 

कार्यक्रम संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको समान सहभागिता र मेहनतको प्रसंशा गरे । उनले फेस्टिभलले पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको बताए । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अष्ट्रेलिया राज्य सरकारका अधिकारी, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवर, आईसिसी सदस्यलगायत सहभागी थिए । यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए । 

यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायत नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति थियो । नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेको थियो । नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट लामो आतिशबाजीसमेत गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE