Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल

खबरडबली संवाददाता

लेखनाथ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्‍याउनै पर्नेमा जोड दिएको छन् । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमाको सीमा बढाउन अरू स्रोत खोज्न सकिने औँल्याए ।

“एकद्वार प्रणालीबाट काम गरौँ । बिमाको सिलिङ पाँच लाख कायम गरौँ,” उनले भने, “यसका लागि अरू स्रोत खोज्न सकिन्छ । ज्येष्ठ नागरिकलाई एक महिनाको सामाजिक सुरक्षा भत्ता कोषमा दिने प्रावधान ल्याऔँ । सबै सरकार र संस्थागत रूपमा जागिर गर्नेहरूले तलबको दुई प्रतिशत बिमा कोषमा जम्मा गर्ने नीति लिन सकिन्छ ।”

केही निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूले नक्कली बिमा दाबी पेस गरिरहेको औँल्याउँदै उनले बिमा बोर्डका अतिरिक्त अर्को नियमक निकायको आवश्यकतामा जोड दिए । २०४८ सालपछि सरकारी अस्पतालहरूमा दरबन्दी थप नभएको स्विकार्दै उनले नागरिकको स्वास्थ्यका लागि सरकारले जनशक्ति, उपकरण र व्यवस्थापनमा ध्यान दिनैपर्ने विचार राखे ।

ठुला सरकारी अस्पतालले यथासम्भव सबै सेवा दिनुपर्नेमा जोड दिँदै उनले ती अस्पतालहरूलाई रिफर सेन्टर जस्तो नबनाउन निर्देशन दिए । 

मन्त्री पौडेलको पहिलो निर्णय मङ्गलबारबाट गण्डकीमा लागू भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विस्तारित सेवा यहाँ सुरु गर्न लागिएको हो । सोसम्बन्धी सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा।डा। भरतबहादुर खत्रीले हस्ताक्षर गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

रवि लामिछाने र बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...

पेटभित्र २९ वटा कोकिन लुकाएर तस्करी गर्ने थाइ महिला काठमाडौँमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending