Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

खबरडबली संवाददाता

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । 

अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । “गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्”, विकले भने, “आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।”

प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर रु २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्ष खेती राम्रो भएकाले पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरे । स्थानीय सरकारले परम्परागत बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि विकजस्तै यहाँका किसान पनि कोदोखेतीतर्फ आकर्षित भएका हुन् । मालिका गाउँपालिकाले स्थानीय हावापानी र माटो सुहाउँदो अन्न तथा नगदेबालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय सरकारको यस्तो नीतिले किसानमा आशा जागृत भएको मालिका गाउँपालिका–२ की टीकाकुमारी पुनले बताइन् । 

यस वर्ष पश्चिम म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानका अधिकांश बारीमा कोदो लगाइएको छ । मालिका गाउँपालिका–६ का किसानले यस वर्ष साढे दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उनका अनुसार गत वर्ष दुई सय मुरी कोदो उत्पादन भएको थियो । पौष्टिक तत्वले भरिपूर्ण कोदो बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि उपयुक्त खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर परम्परागत बालीको संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देवीस्थानका किसान टेकबहादुर सिउथानीले बताए । 

देवीस्थानमा मात्र पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा व्यावासायिक कोदोखेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने वार्षिक लाखौँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए । “गाउँमा १० वर्ष अघिदेखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यत्ति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रूपमा प्रयोग गर्छौँ”, विकले बताए । 

ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् । एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले वनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै छ । जनशक्ति अभाव तथा धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदोखेती गर्न छाडेको किसानहरूले बताएका छन् । 

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने गरेका बेनीका होटल सञ्चालक विमला बरुवालले बताइन् । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टेमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । खाद्यान्नका रूपमा कोदोको प्रयोग स्वस्थकर हुने मानिन्छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले बिरामीका लागि पनि कोदा उपयुक्त हुने चिकित्सकहरू बताउँछन् । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन कोदोलाई उपयुक्त हुमानिन्छ । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय सरकारले परम्परागत प्रजातिको बालीमा न्यूनतम समर्थन मूल्य तोक्दै अनुदानको व्यवस्था गरेका छन् । मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाले कोदो, धान, फापर र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हङकङका व्यक्तिलाई ‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा १४ महिनाको सजाय

हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको...

चक्रवात ‘यागी’ का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ

बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...

हिजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजारबढी घाइते

लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...

रास्वपाले स्थानीय तहको संख्या पाँचसयमा झार्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...

अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...

आगामी वैशाखमा रास्वपाले महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...

दाङमा बालिकामाथि जबरजस्ती करणी गरेकाे आराेपमा एक पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...

भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंकास्पद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy