काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक बोलाएको हो ।
महासंघको सदस्यता शुद्धीकरणको विषयमा देखिएको जटिलतालाई लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न हुन नसकेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए । त्यसपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै असोज १२ गते महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तय गरेका थिए ।
तर कार्यवाहक अध्यक्ष विष्टले पनि सदस्यताको जटिलतालाई लिएर राजीनामा दिएपछि हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी महिला उपाध्यक्ष वाला अधिकारीले सम्हाल्दै आएकी छिन् ।
महासंघले भनेको छ, ‘कार्यवाहक अध्यक्ष विष्टले राजीनामा दिँदै गर्दा ५३ जिल्लाका अध्यक्षले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) बमोजिम निर्वाचन हुन नसकेपछि सोही विधानको परिच्छेद ९ को धारा ३५ को उपधारा ७ बमोजिम प्रदेश र जिल्ला शाखाका अध्यक्षको भेला आयोजना गरी महासंघको निर्वाचनमा देखिएको समस्या तथा सदस्यता शुद्धीकरणका विषयमा उठेको जटिलतालाई सुल्झाइ सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन माग गरी ध्यानाकर्षण पत्र बुझाएकोले सोही विषयमा निष्कर्षमा पुग्नका लागि असोज ९ गते बुधबार बिहान ९ बजे भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक गर्ने निर्णय भएको हुँदा सोहीअनुसार सहभागिता जनाउनुहुन हार्दिक अनुरोध छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - २१:०२
काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...
आश्विन ७ गते, २०८१ - २०:३१
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...
आश्विन ७ गते, २०८१ - २०:२३
रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...
आश्विन ७ गते, २०८१ - १९:५८
काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...
आश्विन ७ गते, २०८१ - १९:४९
पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...
आश्विन ७ गते, २०८१ - १९:४३
काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...
आश्विन ७ गते, २०८१ - १९:३९
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...
आश्विन ७ गते, २०८१ - १९:१२
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन...
आश्विन ७ गते, २०८१ - १९:०९
मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...
आश्विन ७ गते, २०८१ - १९:०४
महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...
प्रतिकृया लेख्नुहोस्: