Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

खबरडबली संवाददाता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् । 

सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिएका अनुरा कुमारा दिसानायकाले अलोकप्रिय कटौती उपायहरू ल्याएको उक्त सम्झौताबारे पुनः वार्ता गर्न चाहेको बताएको थियो । “श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले उद्धार कार्यक्रमको आवधिक समीक्षालाई सन्दर्भ गर्दै सोमबार भने, “हामी नयाँ सरकारसँग आइएमएफ–समर्थित कार्यक्रमको तेस्रो समीक्षाको समयबारे सकेसम्म चाँडै छलफल गर्नेछौँ ।”

निर्वाचनको एक दिनपछि नयाँ राष्ट्रपतिका वरिष्ठ सहयोगी विमल रत्नायकेले आफ्नो पिपुल्स लिबरेसन फ्रन्ट पार्टीले सम्झौताई ‘नच्यात्ने’ बताए । “हामी आइएमएफ कार्यक्रमलाई च्यात्दैनौँ, यो बाध्यकारी दस्तावेज हो तर पुनः वार्ता गर्ने प्रावधान छ”, उनले भने । 

दिसानायकाले पदभार ग्रहण गरेको दिन सोमबार श्रीलङ्काको सानो सेयरमा बजार कारोबारको पहिलो केही मिनेटमै तीव्र गिरावट आयो तर चाँडै यसमा सुधार भयो र दिनको अन्त्यमा मुख्य सबै सेयर सूचकाङ्क एक दशमलव १९ प्रतिशतले बढ्यो ।

दिसानायकाले आफ्ना पूर्ववर्ती रनिल विक्रमासिङ्घेले दोब्बर बनाएको आयकरलाई घटाउने र खाद्यान्न तथा औषधि बिक्री कर पनि कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । रत्नायकेले भने, “हामी ती कटौतीहरूलाई कार्यक्रममा समावेश गर्न र चार वर्षे उद्धार कार्यक्रमलाई निरन्तरता दिन सक्छौँ भन्ने हामीलाई लागेको छ ।”

दिसानायकाका प्रतिद्वन्द्वीहरूले उनको मार्क्सवादी पार्टीले आइएमएफ कार्यक्रमलाई रद्द गर्ने र मुलुकलाई सन् २०२२ को अराजकताजस्तै आर्थिक सङ्कटमा धकेल्ने आशङ्का व्यक्त गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादव निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै ...

चलचित्र आँखाको ट्रेलर सार्वजनिक, असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट ला...

गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा

सप्तरी । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले  सूचना जारी गर्दै आजदेखि द...

दलित गाउँका पहिलो शिक्षक बने २२ वर्षका विशाल परियार

बागलुङ । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई...

समयमै उपचार नपाउँदा सर्पदंशका १६ बिरामीको मृत्यु

बाँके । उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्...

न्युजिल्यान्डका वैज्ञानिकले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

वेलिङ्टन । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको प...

नेपालगन्जमा गर्मीले अस्पतालमा बिरामी बढे

नेपालगन्ज । नेपालगञ्जमा केही दिनयता बढेको गर्मीेले गर्दा नेपालगन्ज लगायत बाँके जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसो मौसम सुरु हुने समयमा गर्मी बढेस...

धनुषामा हिरासत कक्षबाट फरार सबै थुनुवा पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएका सबै जना पक्राउ परेका छन् ।  सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भ...

पोपद्वारा सु कीलाई शरण दिने प्रस्ताव

भ्याटिकन सिटी । पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सु कीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गरेको इटालेली सञ्चारमाध्यमले ...

लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण

बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy