Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला

खबरडबली संवाददाता

सोल । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले मङ्गलबार बताएको छ । 

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र उनको शरीरलाई एउटा ठूलो यात्रा झोलामा राखे । त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए । ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो । 

सन् २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन । शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए । 

त्यस वर्ष अपराधीलाई लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो र घरधनीले उक्त सम्पत्ति भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए । गत महिना पानी चुहावटको खोजी गर्दा एक कामदारले यात्रा झोला फेला पारेपछि शव फेला परेको थियो । निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो ।

“शरीर पूरै रूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ”, प्रहरीले भनेको छ । ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए । प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending