Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

खबरडबली संवाददाता

काठमाडौं । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ । 

अल्जजीराले  ट्याङ्कहरू तैनाथ गरेका तस्विर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो ।  अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । 

न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ ।

यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो । रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू-१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउन सक्षम रहेको बताइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।  यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।  गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम...

धादिङकाे झ्याप्लेखाेलाको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुला

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । आइतबार साँझ साढे ७ बजेदेखि दुईतर्फी राजमार्ग सुचारु भ...

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।...

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ...

कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक

काठमाडाैं । काठमाडौं महानगरपालिकाले फिकल कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई दुई ...

पहिराेले अवरुद्ध बनेकाे बिपी राजमार्गमा तत्काल सञ्चालन हुन नसक्ने

बनेपा । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ । वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक ...

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

काठमाडौं । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ ।  अल्जजीराले  ट्याङ्कहरू तैनाथ ग...

उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ...

बुद्धसिं मार्गमा दर्जन बढी स्थानमा पहिरो, तीन दिनदेखि अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy