अमेरिका । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ‘हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ ।
दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौं अझै बेपत्ता छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरिक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन् । आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्याङ्कले जनाएको छ ।
संघीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन् ।
अधिकारीहरूले मृतकको सङ्ख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - १९:४५
भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...
भाद्र ६ गते, २०८२ - १९:३९
रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...
भाद्र ६ गते, २०८२ - १९:३४
भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...
भाद्र ६ गते, २०८२ - १९:२९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् । उक्त भूमि नेपा...
भाद्र ६ गते, २०८२ - १८:२१
इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...
भाद्र ६ गते, २०८२ - १८:१८
जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...
भाद्र ६ गते, २०८२ - १८:१५
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...
भाद्र ६ गते, २०८२ - १८:१२
गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...
भाद्र ६ गते, २०८२ - १८:११
गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...
भाद्र ६ गते, २०८२ - १८:०८
भारत । भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरलाई पुनः छाड्न आदेश दिएको छ । अदालतले शुक्रबार...
प्रतिकृया लेख्नुहोस्: