Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

आफ्ना नागरिकलाई लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

खबरडबली संवाददाता

क्यानबेरा । बढ्दो द्वन्द्व र अशान्तिकाबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ । 

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) ले एयरलाइन्ससँग समन्वय गरिरहेको बताएका छन् । 

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारको बारम्बार चेतावनी दिईरहेको छ । लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केहि समय धैर्य गर्न आग्रह गरेको छ । 

क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् । डिएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिदै आएको जनाइएको छ ।

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्ककावादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ । यसै बीच अष्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ । 

यसअघि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तिमा १५ हजार देखि ३० हजार अष्ट्रेलियालीहरू अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।  नेपाल प्रहरीका...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित

काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।  मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ ...

वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ ह...

चारदिन पछि ताप्लेजुङमा विद्युत आपूर्ति

ताप्लेजुङ । चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ । शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः...

सहकारीको रकम ठगी गरेकाे आरोपमा पक्राउ परेका नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएक...

राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदर...

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।  आयोगले अबिरल बर्षाका कारण देशका...

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किना...

हेटौँडा–काठमाडौं यात्रामा सास्ती

मकवानपुर । बागमती प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरू सामान्य अवस्थामा हेटौँड...

नेपालमा अवैध रुपमा बस्दै आएका बंगलादेशी पक्राउ

काठमाडाैं । नेपालमा अवैध रुपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल तथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy