धादिङ। धादिङको पृथ्वी राजमार्गअन्र्तगत कृष्णभीरमा सडक भासिएको छ । बेनिघाट रोराङ गाउँपालिकामा लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
असोज ११ र १२ गतेको वर्षातले अवरुद्ध भएको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ १५ गतेबाट दुईतर्फी सञ्चालन भए पनि कृष्णभीरमा सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न बाध्य बनाएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
सडक भासिएपछि त्यसको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भूगर्भ विद्धहरू कृष्णभीर पुगेका थिए । त्रिशूली किनारमा लगाइएको करिब २०० मिटर मेसिनरी वाल नदीले भत्काएपछि पाखो नै तानिएका कारण सडक भासिएको भूगर्भ विद्हरूले बताएका छन् । नदीको बहावले क्रमशः माटो काट्दै भित्र पस्दा सडकसम्मको भाग तानिएको उनीहरूको भनाइ छ ।
विगतमा लामो समय कृष्णभीर पहिरो उपनामले परिचित सो क्षेत्र बायो इञ्जनियरिङको रोफा प्रविधिबाट सुरक्षित गराइएको थियो । तर केहीदिन अघिको वर्षातले कमजोर बनाएका बेला मेशिनरी बाल भत्किएपछि सडकमुनिको पाखो नै भासिएको भूगर्भ विद्हरूले बताएका छन् ।
पहिरोको रोकथामका लागि नदीको सतह घटेपछि पुनः मेशिनरी बाल दिएर सुरक्षित गर्न पनि भूगर्वविदहरुले सुझाव दिएका छन् । मौसम विद्धहरूले अझै केहीदिन पानी पर्ने पूर्वानुमान गरेका कारण स्थिति जटिल बनेको छ । वैकल्पिक मार्ग प्रयोग गराउन समेत असम्भव रहेकाले मुलुकले नै सास्ती व्यहोर्नु पर्ने देखिएको छ । तत्कालका लागि यातायात सञ्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए ।
बुधबार प्रमु जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू, सडक विभाग लगायतका सरोकारवालाहरूको समूहले कृष्णभीर क्षेत्रको अनुगमन पनि गरेको थियो । अनुगमनपछि प्रजिअ घिमिरेले विषयको संवेदनशीलता बारे सडक विभाग र गृह मन्त्रालय मार्फत सङ्घीय सरकारलाई जानकारी गराएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: