Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

खबरडबली संवाददाता

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने,“हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौँ । “हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ,” उनले भने । उनले भने, “मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।”

युरोपेली सङ्घको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ । यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ । इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दैसीमापार आफ्ना सेना पठाएको छ । 

लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन् । लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह क...

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्ष...

गण्डकी सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख दिने

पाेखरा । देशका विभिन्न भागमा भएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी सरकारले ५० लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाढीपहिरोमा प...

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३६ पुग्यो, १९ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।  नेपाल प्रहरीका ...

फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।  भोटेकोशी गाउँ...

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई एक बर्षको जेल सजाय

सिङ्गापुर । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको...

गण्डकी प्रदेशमा घटेन डेंगु सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...

पाँचथरमा पहिरोमा परी हालसम्म आठजनाको मृत्यु

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मनिसको संख्या आठ पुगेको छ । बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेट...

बाँकेमा ब्राउन सुगरसहित दुईजना पक्राउ

बाँके । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरस...

एभरेस्ट महिला भलिबल लिग: काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिए) मा रोमाञ्चक जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy