Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

श्रीलङ्काका लागि दिगो सुधार महत्वपूर्ण: आइएमएफ

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काको नयाँ राष्ट्रपतिले दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत रकमका शर्तमा परिवर्तन गर्न माग गरेका छन् । जवाफमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार भनेको छ,“श्रीलङ्काको पीडादायी मितव्ययिताका उपायहरूले सार्थकता पाइरहेका छन् र यसलाई निरन्तरता दिइरहनुपर्छ ।”

बामपन्थी नेतृ अनुरा कुमारा दिसानायकेले गत महिना भएको राष्ट्रपतीय चुनावमा करवृद्धि फिर्ता लिने, सरकारी कर्मचारीको तलब बढाउने र गत वर्ष कोलम्बोले प्राप्त गरेको अलोकप्रिय आईएमएफ बेलआउटमा पुनः वार्ता गर्ने वाचा गरेका थिए । माक्र्सवादी पृष्टभूमिबाट राष्ट्रपतिमा निर्वाचित दिसानायकेले यसै साता कोलम्बोमा कोषका प्रतिनिधिसँग पहिलो बैठक गर्दै आफू निम्न आय भएका परिवारमा करको भार कम गर्न चाहेको बताएका थिए । 

यसको जवाफमा वासिङ्टनमा मुखलय रहेको ऋणदाता आइएमएफले श्रीलङ्काको आर्थिक पुनरुत्थानलाई खतरामा नपार्न महत्वपूर्ण रहेको बताएको हो । यसबारे आइएमएफ प्रवक्ता जुली कोजाकले वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानीमा भने, “आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने, मुद्रास्फीति घटाउने, सञ्चिति बढाउने र राजस्व परिचालनमा सुधार गर्ने सन्दर्भमा श्रीलङ्कामा सुधारका हाम्रा प्रयासहरू सफल भइरहेका छन् ।”

“महत्वपूर्ण कमजोरीहरू र अनिश्चितताबीचसुधारको गतिलाई कायम राख्नु महत्त्वपूर्ण हुन्छ,” उनले भने । श्रीलङ्काले आईएमएफकोषको ३३ करोड ६० लाख अमेरिकी डलरको चौथो किस्ता निकाल्न नेताहरूले उद्धार योजनाको राजस्व र खर्चको लक्ष्यमा अडिग रहेको देखिनु आवश्यक हुनेछ । 

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति दिसानायकेले बिहीबार आईएमएफ कार्यक्रमका उद्देश्यहरूसँग ‘व्यापक सहमति’ पुनः पुष्टि गरेका छन् तर ‘वैकल्पिक माध्यमहरू मार्फत यी उद्देश्यहरू प्राप्त गर्ने महत्वमा जोड दिएका छन् । उनले यसले जनतामा बोझ कम गर्ने बताएका छन् । नयाँ राष्ट्रपतिट्रम्पले १२.५ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचना गर्न र नगदको अभावझेलिरहेका राष्ट्रका लागि थप सहुलियत सुनिश्चित गर्न पनि आफूले सम्झौता गर्न चाहेको बताएका छन् । विश्लेषकहरूका अनुसार दिसानायकेसँग आईएमएफ सम्झौताका सर्तलाई नयाँ आकार दिने थोरै ठाउँ छ । 

कोलम्बोस्थित आर्थिक थिङ्क ट्याङ्क एडभोकाटाका मुर्तजा जाफर्जीले दिसानायकेको निर्वाचनलगत्तै एएफपीसँग भनेका थिए, “अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) वार्तागर्न सहमत नहुने केही जटिल कुराहरू छन् ।” “आईएमएफ गत प्रशासनले सहमति गरेको मुद्रा मुद्रण, राजस्व र खर्चको लक्ष्यमा प्रतिबन्धसहित बेलआउटका मुख्य बुँदाहरूमा पछि हट्ने सम्भावना छैन,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending