Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

श्रीलङ्काका लागि दिगो सुधार महत्वपूर्ण: आइएमएफ

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काको नयाँ राष्ट्रपतिले दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत रकमका शर्तमा परिवर्तन गर्न माग गरेका छन् । जवाफमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार भनेको छ,“श्रीलङ्काको पीडादायी मितव्ययिताका उपायहरूले सार्थकता पाइरहेका छन् र यसलाई निरन्तरता दिइरहनुपर्छ ।”

बामपन्थी नेतृ अनुरा कुमारा दिसानायकेले गत महिना भएको राष्ट्रपतीय चुनावमा करवृद्धि फिर्ता लिने, सरकारी कर्मचारीको तलब बढाउने र गत वर्ष कोलम्बोले प्राप्त गरेको अलोकप्रिय आईएमएफ बेलआउटमा पुनः वार्ता गर्ने वाचा गरेका थिए । माक्र्सवादी पृष्टभूमिबाट राष्ट्रपतिमा निर्वाचित दिसानायकेले यसै साता कोलम्बोमा कोषका प्रतिनिधिसँग पहिलो बैठक गर्दै आफू निम्न आय भएका परिवारमा करको भार कम गर्न चाहेको बताएका थिए । 

यसको जवाफमा वासिङ्टनमा मुखलय रहेको ऋणदाता आइएमएफले श्रीलङ्काको आर्थिक पुनरुत्थानलाई खतरामा नपार्न महत्वपूर्ण रहेको बताएको हो । यसबारे आइएमएफ प्रवक्ता जुली कोजाकले वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानीमा भने, “आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने, मुद्रास्फीति घटाउने, सञ्चिति बढाउने र राजस्व परिचालनमा सुधार गर्ने सन्दर्भमा श्रीलङ्कामा सुधारका हाम्रा प्रयासहरू सफल भइरहेका छन् ।”

“महत्वपूर्ण कमजोरीहरू र अनिश्चितताबीचसुधारको गतिलाई कायम राख्नु महत्त्वपूर्ण हुन्छ,” उनले भने । श्रीलङ्काले आईएमएफकोषको ३३ करोड ६० लाख अमेरिकी डलरको चौथो किस्ता निकाल्न नेताहरूले उद्धार योजनाको राजस्व र खर्चको लक्ष्यमा अडिग रहेको देखिनु आवश्यक हुनेछ । 

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति दिसानायकेले बिहीबार आईएमएफ कार्यक्रमका उद्देश्यहरूसँग ‘व्यापक सहमति’ पुनः पुष्टि गरेका छन् तर ‘वैकल्पिक माध्यमहरू मार्फत यी उद्देश्यहरू प्राप्त गर्ने महत्वमा जोड दिएका छन् । उनले यसले जनतामा बोझ कम गर्ने बताएका छन् । नयाँ राष्ट्रपतिट्रम्पले १२.५ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचना गर्न र नगदको अभावझेलिरहेका राष्ट्रका लागि थप सहुलियत सुनिश्चित गर्न पनि आफूले सम्झौता गर्न चाहेको बताएका छन् । विश्लेषकहरूका अनुसार दिसानायकेसँग आईएमएफ सम्झौताका सर्तलाई नयाँ आकार दिने थोरै ठाउँ छ । 

कोलम्बोस्थित आर्थिक थिङ्क ट्याङ्क एडभोकाटाका मुर्तजा जाफर्जीले दिसानायकेको निर्वाचनलगत्तै एएफपीसँग भनेका थिए, “अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) वार्तागर्न सहमत नहुने केही जटिल कुराहरू छन् ।” “आईएमएफ गत प्रशासनले सहमति गरेको मुद्रा मुद्रण, राजस्व र खर्चको लक्ष्यमा प्रतिबन्धसहित बेलआउटका मुख्य बुँदाहरूमा पछि हट्ने सम्भावना छैन,” उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थगित अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा मालवाहक सवारी साधन सञ्चालनमा रोक

बर्दघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्...

एभरेस्ट महिला भलिबल लिग: कर्णालीलाई उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली कर्णाली यशविसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड...

चार लाख अवैध भारतीय रुपियाँसहित एकजना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध भारतीय रुपियाँ खरिद गर्ने नेपालगन्जका एक किराना व्यवसायीलाई करिब चार लाख अवैध भारुसहित पक्राउ गरेको छ ।  ...

ताप्लेजुङ झापा सरोकार समाज विर्तामोडकाे नयाँ कार्यसमिति चयन

झापा । ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्...

मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको काम...

इङलिश प्रिमियर लिग:जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अ...

फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक

काठमाडाैं । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।  शनिबार सार्बजनिक गरिएको ट्रेलर...

महिला टी-२० विश्वकप: डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्री...

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला

भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy