Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

खबरडबली संवाददाता

लण्डन । इजरायल–हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्धविराम गरिनुपर्ने बताएका छन् । 

गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उनले बताए । उनले युद्धविरामको विकल्प नरहेका बताए । प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक बर्ष पुग्नुभन्दा एक दिन अगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेखेको छ, “यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ ।”

“इजरायल र मध्यपूर्व हाम्रो देशको इतिहासबाट अविभाज्य मात्र होइनन् । उनीहरूको हाम्रो बहुसांस्कृतिक समाजसँग गहिरो सम्बन्ध छ”, स्टार्मरले भने, “लाखौंको यस क्षेत्रसँग पारिवारिक सम्बन्ध छ ।” अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा निरन्तर बमबारी गर्दै आएको छ । 

पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ । स्टार्मरले ‘इरानी आक्रमणको सामना गर्न बेलायत इजरायलको साथमा उभिने’ बताए पनि उनले ‘अर्को पुस्तालाई आघात, अनाथ र विस्थापित गरेर राम्रो भविष्यको सुनिश्चितता नहुने बताए । 

“अक्टोबर ७ को आक्रमणको वर्षगाँठले हामीलाई राजनीतिक असफलताको मूल्यको सम्झना दिलाउनुपर्छ”, उनले भने, “ठूलो अस्थिरतामा कुनै सुरक्षा फेला पर्नेछैन ।” गत बर्ष हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । इजरायलले गाजामा हमासविरूद्ध चलाएको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ ।

दुवै पक्षको आक्रमणमा ज्यान गुमाएका व्यक्तिमध्ये अधिकांश सर्वसाधारण थिए । हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा लण्डनलगायत विश्वभरि युद्धविराम गर्न दवाव दिन विश्वका अधिकांश प्रमुख सहरहरूमा प्रदर्शन गरिएको छ ।पछिल्लो एक वर्षमा बेलायतमा यहूदी र मुस्लिम समुदायविरुद्ध ‘घृणित हिंसा’ बढेको भन्दै स्टार्मरले भने, “हाम्रो भिन्नता र विविधताले हामीलाई अलग्याउने होइन अझ बलियोसँग बाँधेर राख्नुपर्छ ।”

बेलायतस्थित धार्मिक सङ्घसंस्था तथा तीनका नेताहरूले पनि आइतबार सन् २०२४ को अगस्ट ७ (आक्रमणको एक बर्ष पुगेको दिन) जनताका लागि ‘सबै प्रकारका पूर्वाग्रह र घृणा’ लाई अस्वीकार गर्ने अवसर हुनुपर्ने बताएका छन् । क्यान्टरबरीका आर्कबिशप जस्टिन वेल्बी, प्रमुख रब्बी एप्रैम मिरविस र मस्जिद र इमामहरूको राष्ट्रिय सल्लाहकार बोर्डका अध्यक्ष इमाम कारी असिमले एक संयुक्त पत्र लेख्दै भनेका छन् कि उनीहरू ‘सर्वसाधारण इजरायली र गाजाबासीको दुःखलाई अन्त्य गर्न ऐक्यवद्ध छन् । संयुक्त पत्रमा भनिएको छ, “यो चुनौतीपूर्ण समयमा हामीलाई विभाजन गर्न खोज्नेहरूलाई पनि हामीले अस्वीकार गर्नुपर्छ । यहूदी विरोधी घृणा र मुस्लिम विरोधी घृणाको आज बेलायतमा कुनै स्थान छैन ।”

जर्मनी

गाजा युद्धको सोमबार एक बर्ष पुग्ने र यसको पूर्वसन्ध्यामा आइतबार फेरि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युद्धविरामको आह्वान गरेका छन् । “दुर्भाग्यवश, इजरायलमा हमासले गरेको आतङ्ककारी आक्रमणको यो पहिलो वर्षगाँठमा मध्यपूर्वमा शान्ति वा मेलमिलाप पहिलेभन्दा धेरै टाढा देखिन्छ,” स्कोल्जले एक भिडियो सन्देशमा भने । 

जर्मन सरकारले युद्धविरामका लागि निरन्तर वकालत गरिरहेको छ । उनले भने, “द्वन्द्वरत पक्षले अब अरू ढिला गर्नुहुन्न युद्धविरामको घोषणा गरिहाल्नुपर्छ ताकि गाजा पट्टीमा नागरिक जनसङ्ख्यालाई अझ राम्रो संरक्षण गर्न सकियोस् र निःसन्देह, अझ राम्रो हेरचाह गर्न सकियोस् र इजरायली बन्धकहरूलाई रिहा गर्न सकियोस् ।”

फ्रान्स

यसअघि, शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई गाजामा प्रयोग गर्नका लागि हतियार वितरणमा रोक लगाउन आह्वान गरेको थियो । 

म्याक्रोँले लेबनानमा स्थल कारबाहीका लागि नेतन्याहूले सेना पठाउने निर्णयको पनि आलोचना गरेको थियो । म्याक्रोंले फ्रान्सेली प्रसारक फ्रान्स इन्टरसँग भने, “मलाई लाग्छ आजको प्राथमिकता भनेको हामी राजनीतिक समाधानमा फर्कनु हो र हामीले गाजामा लड्नका लागि हतियार आपूर्ति गर्न बन्द गर्छौं ।”

युद्धविरामका लागि पटक–पटक आह्वान गरिए पनि गाजामा जारी द्वन्द्वप्रति म्याक्रोँले चिन्ता व्यक्त गरेको छ । उनले भने, “मलाई लाग्छ हाम्रो कुरा सुनिएको छैन । मलाई लाग्छ यो इजरायलको सुरक्षासहित गल्ती हो । युद्धले ‘घृणा’ निम्त्याइरहेको छ ।

इजरायल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेको छ, “इजरायलले इरानको नेतृत्वमा बर्बरताविरुद्ध लडिरहेको अवस्थामा सबै सभ्य देशहरु इजरायलको पक्षमा दृढताका साथ उभिनुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति म्याक्रोँ र अन्य पश्चिमा नेताहरूले अहिले इजरायलविरुद्ध हतियार प्रतिबन्धको माग गरिरहेका छन् । यो निर्णयले उनीहरूलाई लज्जित पार्नेछ ।”
इजरायलले इरानसमर्थित समूहविरुद्ध विभिन्न मोर्चामा युद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE