Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

मेची राजमार्गमा वैकल्पिक सडक खुलाउन सुरु

खबरडबली संवाददाता

इलाम । पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको छ । 

सिमल गोलाई, जोगमाई खोला र माई खोला पार गर्दै इलाम नगरपालिकाको तिल्केनी जोडिने बाटोलाई तत्काल सुचारु गराउन कटान र मर्मत थालिएको हो । 

‘माथिपट्टि धाँजा फाटेपछि पहिरो जाने जोखिमले मर्मतको काम स्थगित गरेका छौं,’ इलामस्थित सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘तत्काललाई अब वैकल्पिक सडकमै सवारी चलाउनेगरी काम हुनेछ ।’ भट्टराईका अनुसार सिमल गोलाईबाट तीनवटा स्काभेटर र इलाम नगरपालिका तिरबाट दुई वटा स्काभेटर लगाएर काम सुरु भएको छ । यो राजमार्गमा सवारीका साधन बन्द अवरुद्ध हुँदा झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क टुटेको छ । 

अहिले विभिन्न विकल्प प्रयोग गरी यात्रु पार गरिरहेका छन् । तर, वैकल्पिक सडकबाट पनि तत्कालै ठूला सवारीका साधन चल्न सक्ने अवस्था छैन । ‘मर्मत गरी ठूला सवारीका साधन नै चल्ने बनाउने छौं,’ प्रमुख भट्टराईले भने । यसअघि जिल्ला विपद् व्यवस्थापन समिति बैठकले पनि यही मार्गलाई वैकल्पिक बनाउने निर्णय गरेको थियो । सिमल गोलाईबाट जोगमाई खोलासम्मको दुरी अढाई किलोमिटर छ । जोगमाई तरेपछि तिल्केनीसम्म छ किलोमिटर दुरी रहेको छ । जोगमाईमा अब दुईटा ह्युम पाइपमात्र हाल्ने हो भने सवारी साधन राम्रोसँग पार हुने इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले बताए । 

‘ठूला सवारीलाई कतैकतै गोलाई र सडक फराकिलो बनाउनैपर्छ, धेरै समस्या चाहिँ छैन,’ प्रधानले भने, ‘सधैंको मेची राजमार्ग पार गर्नभन्दा यो वैकल्पिक मार्ग छोटो दुरी भएकाले मर्मत गरेर यातायात सुचारु गराउन त्यति धेरै समय लाग्दैन होला ।’ शुक्रबार दिउँसोदेखि यो खण्डको मर्मत थालिएको थियो । 

तर, मर्मत गर्दैगर्दा पहिरो झरेपछि सवारीका साधन चल्न सकेका थिएनन् । शनिबार पनि मर्मत निरन्तर रहेकाबेला त्यसभन्दा माथिल्लो भागमा धाँजा फाटेपछि जोखिम बढेको थियो । यहाँको करिब ३० मिटर भाग पहिरोले पूर्ण क्षति गरेको छ । करिब एक किलोमिटरमा दर्जनौं ठाउँमा चर्किएको र धाँजा फाटेको छ । एक ठाउँ बनाएपनि अर्काे ठाउँमा पहिरो गइहाल्ने अवस्था देखिएको सडक डिभिजन प्रमुख भट्टराईले बताए । 

दसैंको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौं यात्रुले दुःख पाएका छन् । धेरै यात्रुहरु माइखोलाबाट सामान बोकेरै इलामतर्फको यात्रा तय गरिरहेका छन् । केही साना सवारीहरु भने तिल्केनी, माइखोला,,नामासालिङ, गुप्ती, फिक्कल हुँदै सञ्चालन हुन थालेका छन् । केही सवारीले फिक्कल, नयाँबजार, सोयाङ, दुधाङ, इलाम हुँदै यात्रुहरुलाई यात्रा गराइ रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र ...

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...

आइएमइ ग्रुपबाट उद्धार कोषमा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच ...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका स...

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको ...

हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आइतबार बसेको ज...

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावा...

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु

काठमाडाैं । नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–...

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।  मस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy