Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मेची राजमार्गमा वैकल्पिक सडक खुलाउन सुरु

खबरडबली संवाददाता

इलाम । पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको छ । 

सिमल गोलाई, जोगमाई खोला र माई खोला पार गर्दै इलाम नगरपालिकाको तिल्केनी जोडिने बाटोलाई तत्काल सुचारु गराउन कटान र मर्मत थालिएको हो । 

‘माथिपट्टि धाँजा फाटेपछि पहिरो जाने जोखिमले मर्मतको काम स्थगित गरेका छौं,’ इलामस्थित सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘तत्काललाई अब वैकल्पिक सडकमै सवारी चलाउनेगरी काम हुनेछ ।’ भट्टराईका अनुसार सिमल गोलाईबाट तीनवटा स्काभेटर र इलाम नगरपालिका तिरबाट दुई वटा स्काभेटर लगाएर काम सुरु भएको छ । यो राजमार्गमा सवारीका साधन बन्द अवरुद्ध हुँदा झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क टुटेको छ । 

अहिले विभिन्न विकल्प प्रयोग गरी यात्रु पार गरिरहेका छन् । तर, वैकल्पिक सडकबाट पनि तत्कालै ठूला सवारीका साधन चल्न सक्ने अवस्था छैन । ‘मर्मत गरी ठूला सवारीका साधन नै चल्ने बनाउने छौं,’ प्रमुख भट्टराईले भने । यसअघि जिल्ला विपद् व्यवस्थापन समिति बैठकले पनि यही मार्गलाई वैकल्पिक बनाउने निर्णय गरेको थियो । सिमल गोलाईबाट जोगमाई खोलासम्मको दुरी अढाई किलोमिटर छ । जोगमाई तरेपछि तिल्केनीसम्म छ किलोमिटर दुरी रहेको छ । जोगमाईमा अब दुईटा ह्युम पाइपमात्र हाल्ने हो भने सवारी साधन राम्रोसँग पार हुने इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले बताए । 

‘ठूला सवारीलाई कतैकतै गोलाई र सडक फराकिलो बनाउनैपर्छ, धेरै समस्या चाहिँ छैन,’ प्रधानले भने, ‘सधैंको मेची राजमार्ग पार गर्नभन्दा यो वैकल्पिक मार्ग छोटो दुरी भएकाले मर्मत गरेर यातायात सुचारु गराउन त्यति धेरै समय लाग्दैन होला ।’ शुक्रबार दिउँसोदेखि यो खण्डको मर्मत थालिएको थियो । 

तर, मर्मत गर्दैगर्दा पहिरो झरेपछि सवारीका साधन चल्न सकेका थिएनन् । शनिबार पनि मर्मत निरन्तर रहेकाबेला त्यसभन्दा माथिल्लो भागमा धाँजा फाटेपछि जोखिम बढेको थियो । यहाँको करिब ३० मिटर भाग पहिरोले पूर्ण क्षति गरेको छ । करिब एक किलोमिटरमा दर्जनौं ठाउँमा चर्किएको र धाँजा फाटेको छ । एक ठाउँ बनाएपनि अर्काे ठाउँमा पहिरो गइहाल्ने अवस्था देखिएको सडक डिभिजन प्रमुख भट्टराईले बताए । 

दसैंको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौं यात्रुले दुःख पाएका छन् । धेरै यात्रुहरु माइखोलाबाट सामान बोकेरै इलामतर्फको यात्रा तय गरिरहेका छन् । केही साना सवारीहरु भने तिल्केनी, माइखोला,,नामासालिङ, गुप्ती, फिक्कल हुँदै सञ्चालन हुन थालेका छन् । केही सवारीले फिक्कल, नयाँबजार, सोयाङ, दुधाङ, इलाम हुँदै यात्रुहरुलाई यात्रा गराइ रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending