Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी

खबरडबली संवाददाता

काठमाडौँ । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो । यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो ।

जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय बन्दै गएको छ भन्ने कुरा पछिल्लो दशकको कर अभिलेखमा देखिन्छ । सन् २०१३ देखि २०२३ सम्म यस करबाट राज्यको आम्दानी ४१ प्रतिशतले बढेको छ ।

जर्मन पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनले जर्मन घरहरूमा बस्ने कुकुरहरूको कुल संख्या गत वर्षको तुलनामा १० मिलियन भन्दा बढी रहेको अनुमान गरेको छ । यो संख्या यो वर्ष अझै बढ्ने अनुमान गरिएको छ । समाचार एजेन्सी डीपीएका अनुसार, जर्मनीको प्रत्येक दोस्रो घरमा औसतमा एउटा घरपालुवा जनावर छ । सबैभन्दा लोकप्रिय घरपालुवा जनावरहरूको सूचीमा कुकुर पहिलो स्थानमा छ ।

जर्मनीमा, यदि तपाइँ कुकुर पाल्न चाहनुहुन्छ भने, तपाइँ या त ब्रीडरमा जानु पर्छ वा, तपाइँ पशु आश्रयबाट कुकुर अपनाउन सक्नुहुन्छ । धेरैले विदेशबाट पनि कुकुर जर्मनीमा ल्याउँछन् । यसका लागि धेरै कागजी प्रक्रिया पुरा गर्नुपर्छ ।

बसेको क्षेत्रको नगरपालिकाले कुकुर पाले बापत वार्षिक कर उठाउँछ । यो कर कुकुर पाल्नेमा लगाइन्छ तर बिरालोलाई करको दायरामा आउँदैन । करको रकम एउटै छैन, प्रत्येक नगरपालिकाको आफ्नै शुल्क छ । पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनका अनुसार घरमा रहेका कुकुरको संख्या वा कुकुरको नस्लका आधारमा यो शुल्क फरक फरक रहेको छ ।

जर्मन पाल्तु सेवा वेबसाइटहरूमा उपलब्ध जानकारी अनुसार यदि कुकुरको बच्चा घर ल्याएको तीन महिना भित्र दर्ता गर्नुपर्छ । यदि कुकुर वयस्क छ भने, यसलाई घरमा ल्याएको तीन देखि चार हप्ताको बीचमा दर्ता गर्न आवश्यक छ । सामान्यतया, दर्ता स्थानीय नगरपालिका कार्यालय वा टाउन हलमा गएर गरिन्छ । केही सहर र नगरपालिकाहरूमा अनलाइन दर्ता सुविधा पनि उपलब्ध छ ।

यदि तपाइँसँग कुकुर छ र यसलाई दर्ता गरिएन र कर तिरिएन भने यसलाई अपराध मानिन्छ । कुकुरलाई कर कार्यालयमा दर्ता गर्ने बित्तिकै, 'कुकुर ट्यागु दिइन्छ । कुकुरको ट्याग उसको घर वा बाडिएको परिसर बाहिर हुँदा देखिने ठाउमा राख्नुपर्ने व्यवस्था छ ।

नयाँ ठाउँमा सर्ने वा कुनै कारणले दर्ता भएको कुकुर साथमा नभएमा सम्बन्धित विभागलाई जानकारी गराउनु पर्ने नियम छ । ‘वेलकम सेन्टर जर्मनी’ का अनुसार कुकुर बेपत्ता भएमा वा मरेको अवस्थामा पनि विभागलाई जानकारी दिनुपर्ने हुन्छ । करबाट प्राप्त रकम विशेष घरपालुवा जनावरहरूसँग सम्बन्धित सेवाहरूमा खर्च गर्नु आवश्यक छैन । नगरपालिकाले सामुदायिक सेवा जस्ता विभिन्न वस्तुहरूमा खर्च गर्न सक्छ ।

कुकुरलाई किन लगाइन्छ कर ?

बाहिर हिंड्नु कुकुरहरूको प्राकृतिक दिनचर्याको भाग हो । तिनीहरू बिरालाहरू जस्तै घरको फोहोर बक्समा दिसा गर्दैनन् । सामान्यतया मानिसहरूले कुकुरहरूलाई बिहान र साँझ घुम्न बाहिर लैजान्छन्, जहाँ तिनीहरूले दिसा गर्छन् । जर्मनीमा सडकको छेउमा, नदीहरू नजिक वा पार्कहरूमा विशेष डस्टबिनहरू राखिन्छन् । त्यसमा झोला राखिन्छ, जसको प्रयोग गरेर कुकुरको मललाई डस्टबिनमा हाल्न सकिन्छ ।

यसो गरिएन भने पार्क र सडक सफा रहनेछैन । यो सरसफाई प्रणाली कायम गर्न नगरपालिकाले करबाट क्षतिपूर्ति दिन्छ । साथै, जर्मनीमा, कुकुरहरू सामान्यतया घरपालुवा जनावर हुन् । तिनीहरू घर वा आश्रय गृहहरूमा बस्छन्, जहाँबाट मानिसहरूले तिनीहरूलाई अपनाउन सक्छन् । जसका कारण सडकमा आवारा कुकुरको चहलपहल छैन । प्राप्त करले प्रशासनलाई कुकुरको संख्या नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

यस करमा केही अपवाद र छुटको पनि व्यवस्था छ । विशेष आवश्यकता भएका व्यक्तिहरू जस्तै सेवा वा गाईड कुकुरहरूले दृष्टिविहीनहरूलाई मद्दत गर्न पाल्ने, प्रहरी र लागूऔषध विभागका कुकुरहरू र थेरापी कुकुरहरू इत्यादिमा कर रकम घटाउन वा छुट दिइएको छ । तर, यसका लागि उचित अभिलेख पेश गर्नुपर्ने हुन्छ । रिपोर्टहरू अनुसार, केही नगरपालिकाहरूले पशु आश्रयबाट कुकुर पाल्छन् भने कर छुट दिने गरेका छन् । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending