Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

तत्काल प्रहरी समायोजन ऐन जारी गर्नुपर्छ: मुख्यमन्त्री सिंह

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् । ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताए ।

उनले भने, “मधेस प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, नीतिगत रुपमा काम गर्न सक्दैनौँ । ” 

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइबर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी सङ्गठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

उनले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी सङ्गठनलाई सक्दो सहयोग गरेकोसमेत जानकारी दिए । सोही अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सीमित साधनस्रोतका बाबजुद प्रहरी सङ्गठनले प्रदेशमा शान्तिसुरक्षा तथा सुशासन कायम गर्न खेलेको भूमिका अति महत्वपूर्ण रहेको बताए ।

उनले देशमा शान्तिसुरक्षा कार्यमा निरन्तर खट्ने प्रहरी सङ्गठनलाई राज्यबाट समयसापेक्ष  आधुनिक संरचनामा लैजाने तथा समयसापेक्ष सहयोग आवश्यक रहको बताए । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रहरीले प्रत्येक कार्यमा जनतालाई सहभागी गराउँदै सुशासन दिने किसिमले कार्य गर्नुपर्ने आग्रह गरे ।

मधेस प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले प्रदेशमा हुने लागुऔषध  ओसारपसार, चोरी–डकैती घटना तथा सीमाक्षेत्रमा हुने अवैध कार्य रोक्नु चुनौतीपूर्ण भएपनि सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको जानकारी दिँदै यो कार्यमा सबैको सहयोग आवश्यक रहेको आग्रह गरे ।  सो प्रहरी दिवसका अवसरमा विभिन्न उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई मुख्यमन्त्री सिहंले प्रशंसापत्र प्रदान गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending