Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

रुपन्देहीमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान जारी

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको कास्कीका एसपी श्यामबाबु ओलियाले पुष्टि गरे ।

कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

उनले भने, ‘बयान लिइरहेका छौँ, कति बेला सकिन्छ भन्न सकिन्न ।’ उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही  ल्याएको हो  । सहकारी ठगीबारे बयान सकेपछि उनलाई  फेरि पोखरा पठाइने छ ।

संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए ।

त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहर राष्ट्रपति निवास शीतल ...

फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक  टिजरले फिल्मको कथावस्तुबारे प्रकाश ...

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

जनकपुरधाम । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक ...

सहकारी ठगमाथि कारबाही र बचत फिर्ता सँगसँगै हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताएको छन् ।बुधबार सिंहदरबारबाट  सरकारको सय दिनको उपल...

रवीका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र स...

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ...

सरकार ढल्ने दिवा सपना नदेख्नु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदे...

चार लाख नगदसहित २० जुवाडे पक्राउ

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय र...

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही सुरु भयो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।  सिंहदरबाबाट सम्बोधनमार्फत स...

नेप्सेमा २० अंकको गिरावट, ६ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy