स्याङ्जा। लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दु:ख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालेकाले चिन्ता बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताए । रातभरि आएको पानीले सुकेको धान पूरै भिजेको बताउँदै नेपालीले काटेको बाली थन्क्याउन नपाउँदा निद्रा पनि नलागेको गुनासो गरे ।
धान काटिसकेका किसानका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निन पानीमा डुबेका छन् । यहाँ विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ ।
यस पटक प्राय: हाइब्रिड जातका धान लगाइएकाले कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताए । धान राम्रो फलेको बताउँदै लामिछानेले काटेको धान सबै भिजेको र बिग्रिएको बताए। मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरै जसो पहाडी फाँट र टारीको धान करिब थन्क्याउने बेला मौसम प्रतिकूलताका कारण किसानको मेहनतको फल खेतमै खेर जाने अवस्था आएको हो ।
घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् । यहाँको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भिरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भए पनि किसानले थन्क्याउन नपाएका हुन् ।
चालु आर्थिक वर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गल्याङ र चापाकोटमा सिँचाइमा पहिरोका कारण केही समय ढिला भए पनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा बर्खे र दुई हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन् भने यहाँ तराईका फाँटमा झैँ धान उत्पादन हुने गरेको छ । यस्तै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: