Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

पछि हट्न थाले पूर्वी लद्दाखमा भारत र चीनका सेना

खबरडबली संवाददाता

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेनाले पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट र शेड हटाउन थालेका छन्। सैनिकहरूले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन्।

यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक र देप्साङमा गस्ती गर्न सक्नेछन् । यो गस्ती १० दिन पछि सुरु हुन सक्छ। यसमा २ सर्तहरू छन्। पहिलो– यी क्षेत्रमा दुवै देशका सेनाले फरक–फरक दिन गस्ती गर्नेछन् । यसबारे दुवैले एकअर्कालाई पहिल्यै जानकारी दिनुपर्छ।

सन् २०२० मा भारत र चीनबीच भएको गलवान झडपपछि डेमचोक र देप्साङमा तनावको अवस्था सिर्जना भएको थियो । भारत र चीनबीच अक्टोबर २१ मा नयाँ गस्ती सम्झौता भएको थियो। विदेशमन्त्री एस जयशंकरले भनेका थिए कि गलवान जस्तो झडप हुनु हुँदैन र त्यहाँको स्थितिलाई पुनर्स्थापित गर्न सम्झौता गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा निर्माण भएकका एकीकृत बस्तीका अलपत्र भवन व्यक्तिगत स्वामित्वमा हस्तान्तरण हुँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्...

तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै सशस्त्रका डीएसपी कटुवाल

काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप...

पेस्तोलसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं ।  काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित एकजना पक्राउ परेका छन्। दैलेख भगवतीमाई...

लिग–२ मा आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । विश्वकप लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपालले आज अमेरिकासँग उसकै घरेलु मैदानमा खेल्दैछ । लिग(२ चक्रमा नेपालको यो नवौँ खेल हो ...

विदेशमा बस्ने नेपालीहरुले अकल्पनिय प्रगति गरेका छन्ः डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनिय प्रगति गरेक...

रवि लामिछानेलाई इजलासमा दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको आपत्ति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको ...

गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन्- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा...

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैह्रआवा...

गृहपृष्ठसमाचारजुवातास खेल्ने ४२ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपाल...

प्रहरीका दुई एआईजी र ८ डीआईजीको पद रिक्त हुँदै, प्रतिस्पर्धामा को–को ?

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy