Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आइतबार यहाँ आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे । 

उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याए । न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबिचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताए । 

संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उनले यहाँ आज आयोजित कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धानका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरूको ध्यानाकर्षण गराए । उनले कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड दिँदै उनले वस्तुनिष्ठ तथ्य, फिङ्गर प्रिन्ट वा त्यस्तै प्रमाण जरुरी हुने बताए । 

लागुऔषधका आरोपीमाथिको अनुसन्धानको उदाहरण दिँदै उनले त्यस्ता व्यक्तिको अनुसन्धानका लागि शरीरमा लागुऔषधको तत्त्व देखिएको प्रमाण आवश्यक हुनेतर्फ अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराए । गृहसचिव गोकर्णमणि दुवाडीले आजको कार्यशालाले फौजदारी न्याय प्रणाली सुधारका विषयमा महत्त्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास गरिएको बताए । उनले राज्यका निकायप्रति नागरिकको विश्वास जगाउनु चुनौती खडा हुँदै गएको बताउँदै प्रविधिको विकाससँगै अपराधमा पनि नयाँ शैलीको प्रयोग हुन थालेकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुरको वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणले स्वच्छ र निष्पक्ष न्याय प्रथा गर्ने बताउँदै सफल अनुसन्धानले नेपाल प्रहरीको शाखा र गरिमा बढाउने उल्लेख गरे । उनले प्रमाणमुखी अनुसन्धानलाई प्रहरीले जोड दिएको पनि बताए । अझै पनि परम्परागत अपराधको बाहुल्यता रहेको जानकारी गराउँदै प्रहरी महानिरीक्षक कुँवरले परम्परागत अपराध अनुसन्धानका साथै आधुनिक अनुसन्धान प्रणालीलाई पनि सँगसँगै लगिएको बताए । उनले आजको कार्यशालाले फौजदारी न्याय प्रणालीको सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगी गरेकाे आराेपमा एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।  उनलाई झापाको शिवसताक्षी नगरपालिका–...

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग माग

काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...

नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलको शिष्टाचार भेटघाट

काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।  राष्ट्रिय स...

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए नेपाल र भारत

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीम...

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा...

तनहुँमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तनहुँ । करेन्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ ।  मुग्लिन–पोखरा सडकखण्ड विस्तार प्रशारण लाइन निर्माणमा काम गर्ने वर्ष १८ को सुवास चौधरीको आइतबा...

मकवानपुरमा खुकुरी देखाई लुटपाट गर्ने दुईजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले खुकुरी देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका– ११ बस्ने २० वर्षीय असमिन चौलागाई र सोहि स्था...

‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’

जेरुसेलम । अमेरिकी राष्ट्रपतिको चुनाव नजिबिँदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गरेकाे उनका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy