Ntc summer Offer
Khabar Dabali ११ कार्तिक २०८१ आईतवार | 27th October, 2024 Sun
Investment bank

‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’

खबरडबली संवाददाता

जेरुसेलम । अमेरिकी राष्ट्रपतिको चुनाव नजिबिँदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गरेकाे उनका अभिव्यक्तिले पुष्टि गरेका छन् । नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो र नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाए । 

उनले नेतन्याहूलाई इरानको आणविक केन्द्रहरूमा बमबारी गर्न प्रोत्साहित गर्नेदेखि अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै भने, “ म राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन ।” उनले इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिने पनि सन्देशमा उल्लेख छ । यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन् । 

रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ । “नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन हो । उनले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहेका छन् । यसले उनलाई धेरै स्वतन्त्रता प्रदान गर्नेछ वा आफूले चाहेको काम गर्न दिनेछ,” जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले एएफपीसँग बताए । 

नेतन्याहूका पूर्व चिफ अफ स्टाफ तथा राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्कीले भने, “अमेरिकी रिपब्लिकन नेता ट्रम्पसँग डेमोक्र्याट नेताहरूको तुलनामा नेतन्याहूको अनुभव निकै राम्रो छ । डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन् ।” 

घनिष्ठ व्यक्तिगत सम्बन्ध

प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गरेका छन् । अर्थात् यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए । आफ्नो कार्यकालको दौडान ट्रम्पले नेतन्याहूको घरेलु प्रतिष्ठालाई बढावा दिने धेरै कदमहरू चालेका थिए । इजरायल, प्यालेस्टाइनसँगको द्वन्द्व र व्यापक क्षेत्रबारे लामो समयदेखिका अमेरिकी नीतिहरूलाई रद्द गरेका थिए । 

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गरेका थिए । यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ । अमेरिकाले कब्जा गरिएको गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिएको थियो र तीन वटा अरब राज्य र इजरायलबिचको सम्बन्ध सामान्यीकरण गर्ने वातावरण सिर्जना गरेको थियो । 

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हटेका थिए । पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गरेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि आफ्नो ‘चट्टानी समर्थन’ मा जोड दिए पनि लामो समयदेखि नेतन्याहूसँगको सम्बन्ध चिसो रहँदै आएको देखिन्छ । बाइडनले नेतन्याहूलाई इरानको तेल उत्पादन र आणविक केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिएका थिए भने ट्रम्पको धारणा यसको विपरीत रहेको थियो । 

ट्रम्प र नेतन्याहूबीच घनिष्ठ व्यक्तिगत सम्बन्ध पनि छ । अमेरिकी पूर्व राष्ट्रपतिले यसै हप्ता इजरायली प्रधानमन्त्रीसँग बारम्बार फोन वार्ता भएको दाबी गरेका छन् । जर्जियामा आयोजित एक र्‍यालीलाई हालै सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, “हामीबिच निकै राम्रो सम्बन्ध छ । “हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जाँदैछौं । बुशिन्स्कीले भने, “यी सकारात्मक कुराहरू कुनै पनि चिन्ताभन्दा बढी हुनेछन् । मलाई लाग्छ, नेतन्याहू ट्रम्पको निर्वाचनको अनिश्चितताको जोखिम मोल्न तयार हुनुहुनेछ ।”

इजरायलमा लोकप्रिय

ट्रम्प नेतन्याहूसँग मात्र होइन, इजरायली जनतामाझ पनि लोकप्रिय छन् । इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसिज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् । उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई समर्थन गर्ने र इजरायलको रक्षा गर्ने अधिकारबारे बारम्बार घोषणा गरे पनि १४ प्रतिशतले मात्र उनलाई रोजेका थिए । 

संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली कूटनीतिज्ञ तथा मिटविमको निर्देशक समितिका सदस्य नादाव तामिरले भने, “इजरायलमा, संयुक्त राज्य अमेरिका बाहिर अन्य कुनै पनि उदार लोकतन्त्रभन्दा ट्रम्प ह्यारिसभन्दा बढी लोकप्रिय हुनुहुन्छ ।”

यद्यपि, तामिरले नयाँ ट्रम्प प्रशासन आश्चर्यजनक हुन सक्ने बताए । उनले भने, “पूर्व राष्ट्रपति ट्रम्प अलगाववादी हुनुहुन्छ र अमेरिकालाई स्वतन्त्र विश्व वा अन्तर्राष्ट्रिय गठबन्धनको नेता बनाउन चाहनुहुन्न । उहाँले आफूलाई यस सम्बन्धमा समान विचार भएका रिपब्लिकनको भीड र विचारलाई पार्टीमा बढी स्थान दिएको पाइन्छ ।” 

‘अविश्वास’

प्यालेस्टिनी राजनीतिशास्त्री तथा सर्वेक्षणकर्ता खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूमा कुनै पनि उम्मेदवारका लागि खासै उत्साह छैन । ‘‘प्यालेस्टाइनीहरूले दुवै उम्मेदवारलाई अविश्वास गर्छन् र उनीहरूबीच खासै भिन्नता देख्दैनन्,” शिकाकीले भने । हमासका एक अधिकारी ताहेर अल–नुनुले एएफपीसँग कुरा गर्दै अमेरिकी प्रशासनले इजरायलको पक्षमा प्यालेष्टिनीविरूद्ध पक्षपातपूर्ण व्यवहार गर्दै आएको बताए । 

विस्थापित भई सडकमा जीवन बिताइरहेका प्यालेस्टिनीहरूले जसले जिते पनि आफ्नो इलाकामा जीवन सुधार नहुने बताएका छन् । “अमेरिकी चुनावले हाम्रो राजनीतिक वास्तविकतामा सकारात्मक प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,” पश्चिम किनारास्थित बिरजित युनिभर्सिटीकी २१ वर्षीया छात्रा लीन बासेमले भने । 

साउण्ड इञ्जिनियर ४२ वर्षीय हसन अनवरले पनि इजरायलको समर्थनमा अमेरिकी नीति पूर्णरुपमा स्पष्ट भएको र उनीहरूले प्यालेष्टिनीलाई हेर्ने आँखामा कुनै भिन्नता छ भन्ने आफूलाई विश्वास नभएको बताए । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।  अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँग...

रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

काठमाडौं । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।  खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेप...

नेपालले रेखा पौडेललाई रातो कार्ड

काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड प...

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

जेरुसेलम । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहर...

बालुवाटारमा रास्वपाले मंगलबार वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् ...

सहकारी ठगी गरेकाे आराेपमा एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् ।  उनलाई झापाको शिवसताक्षी नगरपालिका–...

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग माग

काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रूपमा व्यवसाय सञ्चाल...

नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट ...

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्र...

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलको शिष्टाचार भेटघाट

काठमाडौं । प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।  राष्ट्रिय स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy