Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’

खबरडबली संवाददाता

जेरुसेलम । अमेरिकी राष्ट्रपतिको चुनाव नजिबिँदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गरेकाे उनका अभिव्यक्तिले पुष्टि गरेका छन् । नेतन्याहूका लागि ट्रम्पको अन्तिम कार्यकाल सहज थियो र नोभेम्बर ५ का लागि तय भएको मतदानको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपतिले आफ्नो मध्यपूर्व नीतिबारे मिश्रित सन्देश पठाए । 

उनले नेतन्याहूलाई इरानको आणविक केन्द्रहरूमा बमबारी गर्न प्रोत्साहित गर्नेदेखि अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै भने, “ म राष्ट्रपति भएको भए अक्टोबर ७ को आक्रमण कहिल्यै हुने थिएन ।” उनले इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिने पनि सन्देशमा उल्लेख छ । यद्यपि ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाऊ’ भन्ने चुनावी नारा र इजरायलबारेका यी अस्पष्ट अभिव्यक्ति र नीतिहरूले नै नेतन्याहूले ट्रम्पसँग आशा गरेको विश्लेषकहरू बताउँछन् । 

रिपब्लिकन राष्ट्रपतिका रूपमा ट्रम्पले नेतन्याहूलाई गाजा र लेबनानमा जारी द्वन्द्वको सामना गर्न थप स्वतन्त्रता दिने सम्भावना रहनेछ । “नेतन्याहूको एउटा कोसेढुङ्गा अमेरिकी निर्वाचन हो । उनले ट्रम्पको विजयका लागि प्रार्थना गरिरहेका छन् । यसले उनलाई धेरै स्वतन्त्रता प्रदान गर्नेछ वा आफूले चाहेको काम गर्न दिनेछ,” जेरुसेलमको हिब्रु विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक गिडोन राहतले एएफपीसँग बताए । 

नेतन्याहूका पूर्व चिफ अफ स्टाफ तथा राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्कीले भने, “अमेरिकी रिपब्लिकन नेता ट्रम्पसँग डेमोक्र्याट नेताहरूको तुलनामा नेतन्याहूको अनुभव निकै राम्रो छ । डेमोक्र्याटहरू नेतन्याहूमाथि धेरै कठोर छन् ।” 

घनिष्ठ व्यक्तिगत सम्बन्ध

प्रधानमन्त्रीका रुपमा १७ वर्षको कार्यकालमा नेतन्याहूले रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग मात्र सहकार्य गरेका छन् । अर्थात् यो अवधिमा अमेरिकामा अन्य राष्ट्रपति सबै डेमोक्र्याटिक पार्टीबाट निर्वाचित भएका थिए । आफ्नो कार्यकालको दौडान ट्रम्पले नेतन्याहूको घरेलु प्रतिष्ठालाई बढावा दिने धेरै कदमहरू चालेका थिए । इजरायल, प्यालेस्टाइनसँगको द्वन्द्व र व्यापक क्षेत्रबारे लामो समयदेखिका अमेरिकी नीतिहरूलाई रद्द गरेका थिए । 

राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता ट्रम्पले अमेरिकी दूतावासलाई जेरुसेलममा स्थानान्तरण गरेका थिए । यसलाई इजरायलले आफ्नो अविभाजित राजधानीको रूपमा दावी गर्दछ । अमेरिकाले कब्जा गरिएको गोलान हाइट्समा इजरायली सार्वभौमिकतालाई मान्यता दिएको थियो र तीन वटा अरब राज्य र इजरायलबिचको सम्बन्ध सामान्यीकरण गर्ने वातावरण सिर्जना गरेको थियो । 

ट्रम्पले इजरायलको कट्टर शत्रु इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट पछि हटेका थिए । पुनः इस्लामिक गणतन्त्र इरानमाथि कडा आर्थिक प्रतिबन्धहरू लागू गरेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि आफ्नो ‘चट्टानी समर्थन’ मा जोड दिए पनि लामो समयदेखि नेतन्याहूसँगको सम्बन्ध चिसो रहँदै आएको देखिन्छ । बाइडनले नेतन्याहूलाई इरानको तेल उत्पादन र आणविक केन्द्रहरूमा आक्रमण नगर्न चेतावनी दिएका थिए भने ट्रम्पको धारणा यसको विपरीत रहेको थियो । 

ट्रम्प र नेतन्याहूबीच घनिष्ठ व्यक्तिगत सम्बन्ध पनि छ । अमेरिकी पूर्व राष्ट्रपतिले यसै हप्ता इजरायली प्रधानमन्त्रीसँग बारम्बार फोन वार्ता भएको दाबी गरेका छन् । जर्जियामा आयोजित एक र्‍यालीलाई हालै सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, “हामीबिच निकै राम्रो सम्बन्ध छ । “हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जाँदैछौं । बुशिन्स्कीले भने, “यी सकारात्मक कुराहरू कुनै पनि चिन्ताभन्दा बढी हुनेछन् । मलाई लाग्छ, नेतन्याहू ट्रम्पको निर्वाचनको अनिश्चितताको जोखिम मोल्न तयार हुनुहुनेछ ।”

इजरायलमा लोकप्रिय

ट्रम्प नेतन्याहूसँग मात्र होइन, इजरायली जनतामाझ पनि लोकप्रिय छन् । इजरायल इन्स्टिच्युट फर रिजनल फरेन पोलिसिज मिटभिमले सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षणमा ६८ प्रतिशत इजरायलीले ट्रम्पलाई इजरायलको हितमा काम गर्ने उम्मेदवारका रुपमा हेरेका छन् । उपराष्ट्रपति कमला ह्यारिसले इजरायललाई समर्थन गर्ने र इजरायलको रक्षा गर्ने अधिकारबारे बारम्बार घोषणा गरे पनि १४ प्रतिशतले मात्र उनलाई रोजेका थिए । 

संयुक्त राज्य अमेरिकाका लागि पूर्व इजरायली कूटनीतिज्ञ तथा मिटविमको निर्देशक समितिका सदस्य नादाव तामिरले भने, “इजरायलमा, संयुक्त राज्य अमेरिका बाहिर अन्य कुनै पनि उदार लोकतन्त्रभन्दा ट्रम्प ह्यारिसभन्दा बढी लोकप्रिय हुनुहुन्छ ।”

यद्यपि, तामिरले नयाँ ट्रम्प प्रशासन आश्चर्यजनक हुन सक्ने बताए । उनले भने, “पूर्व राष्ट्रपति ट्रम्प अलगाववादी हुनुहुन्छ र अमेरिकालाई स्वतन्त्र विश्व वा अन्तर्राष्ट्रिय गठबन्धनको नेता बनाउन चाहनुहुन्न । उहाँले आफूलाई यस सम्बन्धमा समान विचार भएका रिपब्लिकनको भीड र विचारलाई पार्टीमा बढी स्थान दिएको पाइन्छ ।” 

‘अविश्वास’

प्यालेस्टिनी राजनीतिशास्त्री तथा सर्वेक्षणकर्ता खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूमा कुनै पनि उम्मेदवारका लागि खासै उत्साह छैन । ‘‘प्यालेस्टाइनीहरूले दुवै उम्मेदवारलाई अविश्वास गर्छन् र उनीहरूबीच खासै भिन्नता देख्दैनन्,” शिकाकीले भने । हमासका एक अधिकारी ताहेर अल–नुनुले एएफपीसँग कुरा गर्दै अमेरिकी प्रशासनले इजरायलको पक्षमा प्यालेष्टिनीविरूद्ध पक्षपातपूर्ण व्यवहार गर्दै आएको बताए । 

विस्थापित भई सडकमा जीवन बिताइरहेका प्यालेस्टिनीहरूले जसले जिते पनि आफ्नो इलाकामा जीवन सुधार नहुने बताएका छन् । “अमेरिकी चुनावले हाम्रो राजनीतिक वास्तविकतामा सकारात्मक प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,” पश्चिम किनारास्थित बिरजित युनिभर्सिटीकी २१ वर्षीया छात्रा लीन बासेमले भने । 

साउण्ड इञ्जिनियर ४२ वर्षीय हसन अनवरले पनि इजरायलको समर्थनमा अमेरिकी नीति पूर्णरुपमा स्पष्ट भएको र उनीहरूले प्यालेष्टिनीलाई हेर्ने आँखामा कुनै भिन्नता छ भन्ने आफूलाई विश्वास नभएको बताए । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE