कायरो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुईदिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेको छन् ।
आइतबार गरिएको प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र युद्धविरामका लागि थप वार्ता गरिने सिसीले कायरोमा आयोजित पत्रकार सम्मेलनमा बताए।
उनले यो योजना औपचारिक रुपमा इजरायल वा हमाससमक्ष प्रस्तुत गरिएको हो वा होइन भन्नेबारे भने केही बताएको छैन ।
इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध युद्ध लडिरहेको र आफ्नो प्रमुख शत्रु इरानमाथि हवाई आक्रमण सुरु गरेको अवस्था र प्यालेस्टिनी भूभागमा कब्जा जमाइरहेको बेला सिसीको यो भनाइ सार्वजनिक भएको हो ।
इरानी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको दोस्रो पटक इजरायलले बदला लिएको शनिबारको आक्रमणले संयमित हुन विश्वव्यापी आह्वान गरेको छ ।
इरानको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सोमबार बस्नेछ र तेहरानले चार सैनिकको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गर्न आग्रह गरेको छ ।
इरानी नेताहरूले आक्रमणले सीमित क्षति मात्र पुर्याएको भन्दै स्वदेश ९इरान० मा युद्धमा आफ्नो उपस्थितिलाई कम महत्त्व दिएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मन्त्रीमण्डललाई इरानले युद्ध नचाहेको तर उपयुक्त जवाफ दिने बताएको छन् ।
तेहरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार तेहरानले आक्रमण हुनुभन्दा केही घण्टाअघि नै ‘सङ्केत’ प्राप्त गरेको थियो ।यसअघि, अमेरिकी समाचार साइट एक्जिओसले इजरायलले ‘व्यापक तनाव बढ्न नदिन’ चेतावनी दिएको जनाएको थियो ।
इजरायलको आक्रमणमा इरानको ऊर्जा पूर्वाधारमा नलागेपछि व्यापारीहरूले राहत महसुस गरेका छन् भने तेलको मूल्य सोमबार पाँच प्रतिशतसम्म घटेको छ ।
इजरायलले तेहरानसमर्थित लडाकू नेता र एक इरानी कमाण्डरको हत्या गरेको बदलामा इरानद्वारा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियान ‘सटीक र शक्तिशाली रहेको र यसले आफ्ना सबै उद्देश्य हासिल गरेको’ बताएको छन् ।
नेतन्याहूले अक्टोबर ७ मा हमासको आक्रमणको स्मरणार्थ जेरुसेलममा आयोजित स्मृति सभामा बोल्दै गर्दा मृतकका आफन्तको चिच्याहटपछि उहाँले सम्बोधनलाई केही समय रोक्नुपरेको थियो ।
इजरायली प्रधानमन्त्रीमाथि गाजामा रहेका बन्दीहरुको रिहाइका लागि पहल गर्न स्वदेश तथा विदेशबाट व्यापक दबाब परेको छ तर उहाँले आफ्नो हमासविरोधी अभियान तत्काल नरोकिने बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: