Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

उज्यालो तिहारमा पनि अँध्यारै रह्यो वनहराको भूमिहीन शिविर

खबरडबली संवाददाता

कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।

‘त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ’, शिविरका दलबहादुर बोहराले भने, ‘दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ ।’

टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले  दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले दुखेसो पोखे । ‘साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ’, उनले भने ।

सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्‌को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । ‘मजदुरी नगरे चुल्होमा आगो बल्दैन’, अमृता साउदले भनिन्, ‘मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ ।’

६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । ‘चार महिना काम पाइयो’, उनले भने, ‘बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ ।’

तिहारका बेला शिविर नजिकैका बस्तीहरु बत्तीले झकिझकाउ छन् । ‘दिउँसो त उज्यालो हुन्छ’, शिविरका दीपेन्द्र सोवले भने, ‘रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ ।’ शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याइदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनुपर्छ ।

सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले  उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरु छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरु समस्यामा छन् ।

सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमार्इंले सुनाए । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछन् ।

‘यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे’, प्रेमबहादुर साउदले भने, ‘अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।’ सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरुको माग छ ।

‘सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ’, राधिका सोवले भने, ‘सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।’ सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा छरसातसम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ ।

पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरुलाई विसं २०६२मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा ८ पास नभए भविष्य रोकिने’: छथर गाउँपालिकाको कडा शिक्षा नीति

तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...

आजकाे तजरीकारी बजतततारः कुन तरकारीको मूल्य कति?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending