Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

माओवादी, नेकपा र नेसपा एकता प्रक्रिया किन हुँदै छ ढिलाइ ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी यतिबेला अन्योलमा देखिएका छन् ।माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियामा ढिलाइ भएको हो ।

यी दुवै पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेको ७–८ महिना पुगिसकेको छ ।  दसैँ अगाडि बस्ने भनिएको माओवादीको केन्द्रीय समिति बैठक मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनपछि बस्ने भएको छ । उपनिर्वाचन मङ्सिर १६ गते हुँदैछ ।

दसैँअघि बस्ने भनिएको बैठक शीर्ष नेताहरूको जिल्ला दौडाहा, चाडपर्व, स्थानीय तहको निर्वाचनको तयारी लगायतका कारण केन्द्रीय समिति बैठक पछि सारिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । एकताको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनले बताए । यी दुई पार्टीबिच एकता गर्न माओवादी सकारात्मक भए पनि कुनै निष्कर्षमा पुगेको छैन । 

‘विप्लव र महिन्द्रजीको पार्टीसँग एकता गर्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन । एकता गर्ने भएपछि अब धेरै समय कुराउन हुँदैन भनेर पार्टीभित्र छलफल भएको छ । यसबारे ठोस निर्णय केन्द्रीय समिति बैठकले गर्नेछ । एकताका लागि दुवै पक्षबिच छलफल भए पनि कुनै निष्कर्षमा पुगेका छैनौँ’, गजुरेलले भने । 

केही दिनअघि अर्का उपमहासचिव जनार्दन शर्माले विप्लव लगायत नेताहरूसँग पार्टी एकताबारे छलफल गरेका  थिए । गएको वैशाखमा कपिलवस्तुस्थित शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

त्यसअघि चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी र नेसपाबिच एकता गर्ने चार बुँदे सहमति भएको थियो । यद्यपि यो सहमतिलाई बाबुराम भट्टराई पक्षधरले खारेज गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय गरिएको थियो । 

साथै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न चार सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादीबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव  रहेका थिए । 

अहिलेसम्म कार्यदलको बैठक चार पटक बसेको नेसपाका महासचिव रमेश यादवले जानकारी दिए । यादवका अनुसार पछिल्लो समय भदौमा कार्यदलको बैठक बसेको थियो । दसैँ, तिहार, छठ जस्ता चाडपर्व भएकाले बैठक बस्न नसकेको उनले बताए । यद्यपि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने र चुनाव चिन्ह फेर्ने सम्बन्धमा सहमति भएको यादवले दाबी गरे । यसबारे माओवादी केन्द्रीय समितिले निर्णय गर्ने शीर्ष नेताबाट जानकारी आएको उनको भनाइ छ । 

‘एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने कार्यदलमा सहमति भएको छ । यस्तै माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्र हँसिया हथौडा फेर्ने विषयमा सहमति भएको छ । चुनाव चिन्न के राख्ने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ’, उनले भने । 

माओवादीले स्थानीय तह उपनिर्वाचनपछि केन्द्रीय समिति बैठक बसेर एकताबारे निर्णय गर्ने जानकारी गराएको यादवले जानकारी दिए । नेसपाले एकताका लागि माओवादी शब्द र चुनाव चिन्ह हटाउनुपर्ने सर्त राखेको छ । तर अनौपचारिक रूपमा उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्माबिच कुराकानी भइरहेको यादवको भनाइ छ । 

यता कपिलवस्तुमा आलु खेतीमा व्यस्त रहेका विप्लवले मङ्सिरको दोस्रो हप्तामा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । पार्टीको ६–६ महिनामा केन्द्रीय समिति बैठक बोलाउने व्यवस्था भए पनि खेतीपातीका कारण बैठक बस्न ढिलाइ भएको विप्लवको सचिवालयले बताएको छ । 

माओवादीसँग एकता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढिरहेको विप्लवले दाबी गरेका छन् । केही दिनअघि उपमहासचिव शर्मासँग भएको छलफलबारे जानकारी दिँदै उनले माओवादीबाट संस्थागत निर्णय आएपछि एकता प्रक्रिया अगाडि बढ्ने रातोपाटीसँग विप्लवले बताएका थिए । 

स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले एकता सम्बन्धमा दुई पार्टीबिच सकारात्मक छलफल भइरहेको बताए । माओवादीको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । 

‘एकताबारे शीर्ष तहमा सकारात्मक छलफल भइरहेको छ । माओवादीबाट एकताको निर्णय हुँदासाथ बाँकी प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।  माओवादीका उपमहासचिव गजुरेलले तत्काल नेकपा र नेसपाबिच एकता हुने जानकारी दिए । वैचारिक र सैद्धान्तिक विषयमा खासै मतभेद नभए पनि साङ्गठनिक अवस्थाबारे कुनै निष्कर्षमा नपुगेको तीनै दलका नेताहरूले बताएका छन् । 

माओवादीले यी दुई दलबाहेक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादी लगायत दलहरूसँग एकताको पहल गरे पनि सफल भएको छैन । तथापि एकता, सहकार्य र मोर्चाबन्दीको पहल भने जारी राख्ने माओवादी नेताहरूले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: