ढाका । अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको प्रहरीले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो ।
पूर्व प्रधानमन्त्री शेख हसिना (७७) गत अगष्ट ५ मा हेलिकप्टरबाट भारत तर्फ भागेकी थिइन् । त्यसयता नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले कार्यभार सम्हाल्दै आएको छ । यसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।
प्रहरीले ‘देश विरोधी’ को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको थियो र करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो । ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भने, “हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौँ ।”
हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण र्यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो । विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
हसिनाको शासन ढलेपछि उनका दर्जनौँ सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ । अवामी लिगप्रति वफादार अन्य नेताहरू लुकेर बसेका छन् । हसिनाको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ । “उनले प्लेकार्डलाई ढालको रूपमा प्रयोग गर्न र कुनै आक्रमण भएमा फोटो र भिडियो फुटेज लिन आग्रह गर्नुभएको थियो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“उनीहरूले संयुक्त राज्य अमेरिकासँगको बङ्गलादेशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्ने षडयन्त्र रचिरहेका थिए ।” हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सरकारले बिना प्रमाण उनको शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो । उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका थिए । हसिनालाई सत्ताच्युत गरेपछि पदभार ग्रहण गरेका ८४ वर्षीय युनुसले ट्रम्पको चुनावी विजयपछि उनलाई बधाइ तथा शुभकामना दिँदै आफू अमेरिकासँग मिलेर काम गर्न आतुर रहेको बताएको थियो ।
प्रहरीका अनुसार अवामी लिगले र्याली गर्न अनुमति मागेको थिएन भने युनुसका प्रेस सचिवले हसिनाको पार्टीलाई मार्च गर्न अनुमति नदिइएको बताएको थियो । शफिकुल आलमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवामी लिग, यसको वर्तमान स्वरूपमा, एक फासीवादी पार्टी हो ।”
“‘सामूहिक हत्यारा र तानाशाह’ को आदेशमा र्याली, जमघट वा जुलुस निकाल्ने कोसिस गर्ने जो कोहीले पनि कानुन कार्यान्वयन गर्ने निकायको पूर्ण बलको सामना गर्नेछ,” उनले बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित समूहलाई इङ्गित गर्दै भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: