अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
कोप–२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकुमा रहेका राष्ट्रपति पौडेलले अजरबैजानस्थित ट्रेन्ड न्यूज एजेन्सीसँगको कुराकानीका क्रममा जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले ठुलो समस्या भोग्नु परेको र विश्वले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।
“जसरी बढ्दो जलवायु परिवर्तनका कारण मानव सभ्यता, संस्कृति र पृथ्वीलाई नै चुनौती दिइरहेको छ, यसले हामीलाई इतिहासको महत्त्वपूर्ण मोडमा ल्याएको छ”, राष्ट्रपति पौडेलले भने, “अवस्था यति गम्भीर छ कि संयुक्त राष्ट्रसङ्घले विद्यमान जलवायु सङ्कट समाधानका लागि उपयुक्त उपाय अवलम्बन गर्न असफल भयौँ भने यस शताब्दीको अन्त्यसम्म तापक्रम तीन दशमलव १० डिग्री सेल्सियससम्म वृद्धि हुनसक्ने चेतावनी दिएको छ ।”
राष्ट्रपति पौडेलले विश्व नै जलवायुसम्बन्धी समस्यामा परेको र यी समस्या समाधानका लागि सबै एकजुट हुनुको विकल्प नभएको उल्लेख गरे । उनले कोप प्रेसिडेन्सी ट्रोइकाले तयार पारेको मार्गचित्रमा सहकार्यका लागि नेपाल तयार रहेको तथा हरित विश्वको अवधारणामा आफ्नो ऐक्यबद्धता रहेको समेत स्पष्ट पारे । साथै बाकुमा आयोजना भएको यस सम्मेलनलाई सफल पार्न नेपालको पूर्ण सहयोग रहने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८१ - २१:०१
काठमाडौं । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले...
कार्तिक २८ गते, २०८१ - २०:४९
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुधबार बिहान स...
कार्तिक २८ गते, २०८१ - २०:४५
काठमाडौँ । नेपाली यू-१९ महिला टिम टी-२० विश्वकपसँगै एशिया कपमा पनि छनौट भएको छ । टी-२० फर्म्याटमा खेलिने एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि ...
कार्तिक २८ गते, २०८१ - २०:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपाका प्रवक्ता मो...
कार्तिक २८ गते, २०८१ - २०:०६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरसम्बन्धमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेर...
कार्तिक २८ गते, २०८१ - १९:४३
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफ...
कार्तिक २८ गते, २०८१ - १९:३७
काठमाडौं । अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्रा...
कार्तिक २८ गते, २०८१ - १९:२३
काठमाडौं । प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समय...
कार्तिक २८ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । रास्वपाले पार्टीको विधानको धारा ७१ बमोजि...
कार्तिक २८ गते, २०८१ - १८:३३
काठमाडौं । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनल...
प्रतिकृया लेख्नुहोस्: