Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सहकारीको रकम अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन

रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर धनराजसँग सामान्य सोधपुछ मात्रै

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो । 

तर, सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति गुरुङविरुद्ध भने प्रहरीले पक्राउ पुर्जीसम्म जारी गरेको छैन । सामान्य बयान मात्रै लिएको छ । उनले ‘कागजी डिभोर्स’ गरेकी ज्योति गुरुङसहित पाँच आरोपी भने फरार छन् । क्रिप्टो यस्तो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालको कानुनले भने वर्जित गरेको छ । 

‘मितेरी सहकारीबाट अपचलन भएको रकमको सन्दर्भमा हामी अनुसन्धानरत छौँ । सहकारीको केही रकम ‘क्रिप्टो’मा पनि लगानी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘विशेष गरी ज्योतिबहादुर भण्डारीले अपचलन गरेको रकम ‘क्रिप्टो’मा लगानी गरेकोजस्तो देखिन्छ । यस विषयमा प्रहरी अनुसन्धानरत छ । नयाँ तथ्य खुल्दै जालान् ।’

ज्योतिबहादुर पनि फरार आरोपी हुन् । सहकारीकी तत्कालीन वरिष्ठ लेखापाल (पछि महाप्रबन्धक) ‘धनराज पत्नी’ ज्योतिले ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ झिकेर ज्योतिबहादुरलाई दिएकी थिइन् । त्यसपछि पनि १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरेर ज्योतिबहादुरलाई नै दिएकी थिइन् । 

सोही रकम ‘क्रिप्टो’मा लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । सिआइबीले ज्योतिबहादुर र ज्योतिसहित सुजन शाक्य, हितमान शाक्य र प्रकाश थापाविरुद्ध ६ असोजमै पक्राउ पुर्जी जारी गरेपछि अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । 

सिआइबी प्रवक्ता बोगटीले भने, ‘यस धन्दाको मुख्य योजनाकार ज्योतिबहादुर नै रहेको देखिन्छ । सहकारीको रकम उनकै योजनाअनुसार अपचलन भएको देखिन्छ । घटनामा संलग्नविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिले उनीहरूको खोजी जारी छ ।’ पक्राउ पुर्जी जारी भएका कोही पनि अभियुक्त नेपालमा नरहेको र ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको प्रहरीले जनाएको छ ।

रकम अपचलन भएका अन्य सहकारीको हकमा ठगीसँगै संगठित अपराधलाई पनि जोडेर अनुसन्धान भएको छ । संसदीय छानबिन समितिले नै सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिएको, गोर्खा मिडियामा आएपछिको रकम कारोबारमा मात्रै जिम्मेवार देखिएको भनेर ठहर गरेका रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत मुद्दा चलाएको छ । 

तर, त्यही छानबिन समितिले कांग्रेस उपसभापति धनराज गुरुङको समेत संलग्नता ठहर गरेर उनीमाथि पनि अनुसन्धान गर्न भनेर किटान गरेको मितेरी सहकारीको हकमा भने संगठित अपराधलाई अलग्याएर ठगी अभियोगमा मात्रै अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार मितेरीको रकम अपचलनमा सत्तारूढ दलकै उपसभापति मुछिएपछि राजनीतिक दबाबमा मुद्दा कमजोर बनाउन खोजिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...

पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सब...

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending