काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका छन्। द हिन्दूमा एक अन्तर्वार्ता क्रममा प्रचण्डले ओली नेतृत्वको सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताए।
द हिन्दूका लागि सुहासिनी हैदरले गरेको कुराकानीमा भनेका छन्, 'मेरो कार्यकालमा नेपाल-भारत सम्बन्धले साँच्चै नयाँ उचाइ प्राप्त गरेको थियो । जून २०२३ को मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौताहरू हुनुका साथै गहिरो समझदारी कायम भएको थियो, जसको प्रभाव लामो समयसम्म रहनेछ।'
उनले आफू मोदीको सपथ समारोहमा सहभागी हुन भारत गएर छलफल गरेपछि दुवै देशका राष्ट्रिय हितका आधारमा बलियो सम्बन्ध बनाउन सकेको बताए।
उनले थपेका छन्, 'मलाई लाग्छ, मेरो सरकार ढालिएपछि अहिले नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको छ त्यो ठीक छैन । यो सही होइन।'
उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउन नसकेको बताए।
उनले भनेका छन्, 'केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो। हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो।'
उनले अहिले आफू प्रधानमन्त्रीको दौडमा लाग्न नचाहेको पनि प्रष्ट पारेका छन्।
उनको भनाइ छ, 'म मेरो सबै ध्यान नेपाली जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित गर्न चाहन्छु, पद पछि दौडिन होइन। तर मेरो डर के छ भने पदले मलाई पछ्याउने हो कि, र त्यो अवसर आएमा हाम्रो पार्टीले के गर्ने भन्ने निर्णय गर्नुपर्नेछ। अहिले म केवल जनतासँग पार्टीको सम्बन्ध सुधार गर्न आफ्नो ऊर्जा खर्च गर्न चाहन्छु।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...
पौष १८ गते, २०८२ - ०७:१५
स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...
पौष १८ गते, २०८२ - ०७:१३
कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सब...
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...




प्रतिकृया लेख्नुहोस्: