काठमाडौं । अलैँचीको मूल्य दशकयताकै उच्च बिन्दुमा पुगेको छ । कालो सुनको उपमाले चिनिएको अलैँचीको मूल्य प्रतिमन एक लाख भन्दा माथि पुगेको हो ।
नेपालको पूर्वी पहाडी जिल्लाका बजारहरूमा प्रतिमन (४० केजी) एक लाख माथिको मूल्यमा अलैँचीको कारोबार भइरहेको छ। अलैँचीलाई तीन गुणस्तरमा छुट्ट्याएर बिक्री गरिन्छ। व्यापारीहरूका अनुसार ग्रेडिङ गरेको उच्च गुणस्तरको अलैँचीले एक लाख पाँच हजार मूल्य पाएको छ ।
त्यस्तै कैँची कट (पुच्छर काटेको) एक लाख एक हजार र चालु अलैँची ९८ हजारमा बिक्री भइरहेको छ। अलैँची व्यवसायी तथा उद्योग वाणिज्य महासङ्घका अनुसार यो साल अलैँचीले दशकयताकै उच्च मूल्य पाएको हो । मूल्य अझै बढ्ने सम्भावना छ । २०७१ सालमा अलैँचीले प्रतिमन एक लाख पाँच हजार मूल्य पाएको थियो। त्यसयता निरन्तर ओरालो लागेको अलैँचीको मूल्यमा गत वर्षदेखि सुधार भएको हो । गत वर्ष प्रतिमन ८२ हजारमा अलैँचीको कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको माग अनुसार अलैँची उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने महासङ्घको आँकलन छ । २०६७ सालमा अलैँचीले हालसम्मकै उच्च मूल्य पाएको थियो । त्यस बखत प्रतिमन एक लाख २० हजारमा अलैँची बिक्री भएको थियो । तर, त्यो मूल्य धेरै दिन टिकेको थिएन।
मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ। यो विगत वर्षको तुलनामा निकै कम हो। साउनबाट उत्पादन सुरु हुने अलैँची मङ्सिर को पहिलो साता बोटबाट निकाली सकिन्छ।
पहाडका किसानहरूको मुख्य आम्दानीको स्रोत अलैँची हो । नेपालका ४२ वटा पहाडी जिल्लाहरूमा अलैँची उत्पादन हुन्छ। कोसी प्रदेशका १४ जिल्लामध्ये पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा उल्लेख्य मात्रामा अलैँची खेती गरिन्छ। कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार उल्लेख्य मात्रामा खेती हुने जिल्लाहरूमा पछिल्लो वर्ष अलैँची उत्पादनमा ह्रास आइरहेको छ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कोसी प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा सात हजार सात सय ६३.८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। आर्थिक वर्ष ०८०/०८१ मा घटेर सात हजार पाँच सय ८२.०२ मेट्रिक टन उत्पादन भयो। यो वर्षको तथ्याङ्क आउन बाँकी छ। यद्यपि करिब २० प्रतिशतले अलैँची उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...
बैशाख १४ गते, २०८३ - ०९:०४
पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...


प्रतिकृया लेख्नुहोस्: