सिरहा । धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत मनोमौजी ढङले बनाएको बजेट तथा कार्यक्रम उपर छानविनको माँग राख्दै नगर उपप्रमुख सहित काार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।
नगर प्रमुख शिवशंकर महतो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले आफ्नो अनुकुलको बजेट बनाएर सुत्रमा हाल्ने र नगरपालिकाको आधिकारीक वेवसाइटमा सार्वजनिक गरेको विषय तत्काल छानविनसहितको माँग गर्दै १९ जना कार्यपालिका सदस्यहरुले विज्ञप्ती जारी गरेर विरोध जनाएका हुन् ।
नगर सभाले सर्वसम्मत पासगरेको नीती तथा कार्यक्रम हुबहु प्रमाणित भई सार्वजानिक हुनुपर्नेमा पारित गरेको बजेट भन्दा फरक बजेट तथा कार्यक्रमहरु नगर प्रमुखले प्रमाणित गरी कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहामा बुझाई सुत्रमा ईन्टी गरेका जनाइएको छ। नगरप्रमुख, प्रमुख प्रशाशकीय अधिकृत र लेखा अधिकृतले नगरसभाले पास गरेको बजेट तथा कार्यक्रमलाई थप परिमार्जन गरी अर्को बजेट तथा कार्यक्रम गैरकानुनी रुपमा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरी नगरपालिकाको आधिकारीक वेबसाईटमा हालेकोले त्यसको तत्काल छानविन नगरे आन्दोलनमा जाने ४ नम्वरका वडा अध्यक्ष ओम यादवले जनाए ।
उनले भने, ‘ नगर सभाबाट सर्ब सम्मत पारित २०८१/०८२ को बजेट तथा कार्यक्रम (रातो किताब) कानुन विपरित प्रमुख प्रशासकिय अधिकृतले परिमार्जन गरी हस्ताक्षर गर्दै सार्वजनिक गरेकोमा हामीले असहमती जनाएपनि नगर प्रमुखले कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रकम कुम्लयाउनकै लागी आफु अनुकुल बनाइएको रातो किताव कानुन विपरीत कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेको उनको दावी छ।
नगर प्रमुखले नियतबस नियमित राखिनु पर्ने कार्यापालिका बैठक सुनियोजितरुपमा नराखी महत्वपूर्ण प्रस्ताव÷ निर्णयहरु रोकी सेवा प्रवाह, विकासका कार्य, विषयगत शाखाहरुको कामकाज र वडा कार्यालयहरु ठप्प हुने अवस्थामा पुगेकोले नगर प्रमुखले तत्कालै समस्या समाधान नगरेको कडा आन्दोलनमा उक्रिने उनको भनाई छ।’
अवैध ग्रभेल उत्खन्नलाई रोकी नियमानुसार कानुन बमोजिम राजश्वको प्रक्रियामा नल्याएको संयुक्त विज्ञप्तीमा उल्लेखगरेको छ। विज्ञप्तीमा संघीय सरकारले पठाएको ससर्त बजेटको सेनेटरी प्याड र दिवा खाजा कार्यक्रमलाइ कार्यन्वयन गर्न वेवास्ता गरेको, नगरपालिका तथा वडा कार्यालयको अनुदानमा राखिएको शिक्षक/शिक्षिकाहरुको तलब हाल सम्म पनि नपठाएको, नगरपालिकाबाट संचालित देशकै एक मात्र योग तथा नेचुरोपेथी कार्यक्रमका शिक्षकहरुको म्याद हाल सम्म नथपी धरासायी बनाएको आरोप लागाएको छ।
उनीहरुले नगरपालिकाको वेथिती, विसंगति र अनियमितताजस्ता कार्य तत्काल नरोकीय मंसिर ५ गते पछि कडा आन्दोलन घोषणा गरी तालाबन्दी समेत गर्न बाध्य हुने चेतावनी दिएका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: