Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

टिकटकाे कारण करिब १४ सय श्रमिक समयमै दक्षिण कोरिया पुग्न पाएनन्

खबरडबली संवाददाता

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि भिसा लागिसकेर कोरिया जान प्रतिक्षामा रहेका श्रमिकहरू दशैंअघिदेखि उड्न पाएका छैनन् । कोरियन एयरको नेपाली एजेन्ट युनिर्भसल टुर्स एन्ड ट्राभल्सले टिकट नदिएपछि करिब १४ सय श्रमिकहरू समयमै कोरिया जान नपाएका हुन् । 

सरकारले कोरिया जाने श्रमिकले किन्ने हवाई टिकट टेन्डरमार्फत दर तोकेर युनिभर्सलसँग सम्झौता गरेको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले आगामी २० मंसिरसम्म टेन्डर हाल्न पाउने गरी बोलपत्र आह्वान गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार आफूसँगको सम्झौता नवीकरण हुनुपर्ने भन्दै युनिभर्सलले लामो समयदेखि श्रमिकलाई हवाई टिकट उपलब्ध गराएको छैन । ‘विभिन्न बहाना गरिए पनि नयाँ सम्झौता गर्न लागिएपछि घुमाउरो रूपमा दबाब दिइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

यअसघि असारमा टेन्डर आह्वान गर्दा कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सलले दायर गरेको रिटमा सर्वोच्च अदालतले २० मंसिरसम्म पुरानै सम्झौता अनुसार काम गर्न दिन आदेश गरेको थियो । यसअनुसार विभागले २० मंसिरपछि नयाँ सम्झौता गर्ने गरी टेन्डर गरेको छ । 

ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार अहिले कोरिया जाने श्रमिकहरू कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रूपैयाँ तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्सका साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी निकै कम भाडा लिने गरेका छन् । 

ईपीएस कोरिया शाखाले आह्वान गरेको टेण्डरअनुसार सम्झौता भएमा अब सस्तो दरमा श्रमिकलाई कोरिया पुर्‍याउन सकिने अपेक्षा छ । यसअघि सोझै उडानमार्फत लैजानुपर्ने भन्दै कोरियन एयरसँग माघ २०७९ मा एक वर्षका लागि प्रतिव्यक्ति ८९५ डलरको भाडादरमा लैजाने गरी सम्झौता भएको थियो । महंगो भाडादरमा जान बाध्य पारेको भनेर त्यसबेला पनि प्रश्न उठेको थियो । तर ईपीएस कोरिया शाखाले बढीमा एक वर्षसम्मका लागि भन्दै म्याद थप गरिदिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending