Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट

खबरडबली संवाददाता

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ । अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशहरूले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन् ।

अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए । यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशहरूमा यात्रा गरेमा पक्राउ पर्ने छन् । त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी (जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ) ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ । इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन ।

अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेपनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending