काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई सो बराबरको कर फिर्ता गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार गत आवमा कर फिर्ताका लागि कूटनीतिक निकाय तथा करदाताबाट १८ अर्ब ५८ करोड रुपियाँको दाबी परेको थियो । जसमध्ये चार अर्ब ७३ करोड रुपियाँ कर मात्रै फिर्ता भएको विभागले जनाएको छ । विभागले खास गरी कूटनीतिक नियोग र करदाताबाट मूल्य अभिवृद्धि कर फिर्ताको दाबीमाथि अनुसन्धान गरी रित पुगेकालाई मात्र कानुनमा व्यवस्था गरिएबमोजिम कर फिर्ता गर्दै आएको छ । सरकारले कूटनीतिक निकाय, निकासी, क्रेडिटलगायतका आधारमा कर छुटको सुविधा उपलब्ध गराउँदै आएको छ ।
विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं विभिन्न कूटनीतिक एजेन्सीले ७४ करोड २१ लाख कर फिर्ता दाबी गरेका थिए । जसमध्ये विभागले नियम अनुसार दाबी गरिएका ६७ करोड ३४ लाख रुपियाँ कर फिर्ता गरेको जनाएको छ । यसमध्ये पनि कूटनीतिक नियोग एवं कूटनीतिज्ञलाई १६ करोड ६२ लाख र कुटनीतिक एजेन्सी र परियोजनालाई ५० करोड ७८ लाख रुपियाँ कर फिर्ता गरेको हो ।
विभाग अन्तर्गतका कार्यालयमा करदाताबाट दाबी गरिएको १७ अर्ब ८४ करोड कर फिर्तामध्ये चार अर्ब नौ करोड रुपियाँ मात्र फिर्ता गरिएको विभागले जनाएको छ । विभागले लगातार क्रेडिटका आधारमा, निर्यातका आधारमा तथा परियोजनालाई कर फिर्ता सुविधा उपलब्ध गराउँदै आएको छ । यसमध्ये पनि लगातार क्रेडिट तथा निर्यातकर्तालाई चार अर्ब पाँच करोड रुपियाँ कर फिर्ता भएको छ ।
आव २०७९/८० को तुलनामा कर फिर्ता रकम बढेको देखिन्छ । विभागले यस आवमा चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको थियो । यस आधारमा गत आवमा १५ करोड रुपियाँ बढी कर फिर्ता भएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: