पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्रभावकारिता बढाउन आवश्यक कदम चालिने उल्लेख गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले विकास, निर्माणमा कठिनाई देखिएका ठाउँमा सार्वजनिक खरिद ऐन, वन ऐन, विद्युत ऐन लगायतका ऐनलाई आवश्यक संशोधन गरिने बताए । नेकपा (एमाले) गण्डकीले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उनले १८ खर्बको बजेटमा तीन खर्ब हाराहारीमात्र विकासमा खर्च गर्नु चिन्ताको विषय भएको औंल्याए । “विकास खर्च बढे धेरैले रोजगारीका अवसर पाउछन्, गरिबी घट्छ । सबै युवाले काम पाउने वातावरण बन्छ ।”
भौतिक पूर्वाधारको विकास तथा पुँजीगत बढाएर रोजगारी बढाउन सकिने उनले उल्लेख गरे । मन्त्री गुरुङले उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गरी युवा देशमा बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । “सबै क्षेत्र बिग्रिएर अस्तव्यस्त छन् । राजनीतिक भूकम्पले थिलोथिलो भएको मुलुकलाई सुधार गर्न एमाले नेतृत्वको सरकार लागेको छ,” उनले भने ।
मन्त्री गुरुङले सूचना, प्रविधिको क्षेत्रमा दुईदेखि तीन वर्षमा तीनदेखि पाँच लाखलाई रोजगारी दिने योजना सुनाए । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले आफू मुख्यमन्त्री हुँदा युवालाई केन्द्रीत गरी सीपमूलक तालिम केन्द्र खोल्ने र पोखरा १८ जामुनबोटमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना अगाडि सारेको स्मरण गरे ।
अहिले युवालाई गलत दिशातर्फ धकेलेर भड्काउने प्रत्यन भएको टिप्पणी गर्दै उनले एमाले, कांग्रेस लगायतका मुल धारका राजनीतिक पार्टीले गरेका योगदानलाई नजरअन्दाज गर्न नसकिनेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:०३
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...
मंसिर ११ गते, २०८१ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...
मंसिर ११ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...
मंसिर ११ गते, २०८१ - १९:५६
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...
मंसिर ११ गते, २०८१ - १९:५०
बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...
मंसिर ११ गते, २०८१ - १९:४४
अछाम । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज ...
मंसिर ११ गते, २०८१ - १९:४१
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्थ...
मंसिर ११ गते, २०८१ - १९:३६
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सघाउने भएकाे छ । एकीकृ...
मंसिर ११ गते, २०८१ - १९:२०
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...
मंसिर ११ गते, २०८१ - १९:१२
पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...
प्रतिकृया लेख्नुहोस्: