काठमाडौं । काठमाडौं वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरणसभा गर्दा भएको फोहोर आफूले संकलन गरेको दाबी गरेको छ ।
एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको बताएको हो ।
वेस्ट मेनेजमेन्टले दरबारमार्ग क्षेत्रमा कात्तिक ७ गते सभा गर्दा भएको फोहोर ८ गते बिहान संकलन गरेको दाबी गरेको छ । पानीका बोतल, एमालेका झण्डा, बदामका बोक्रा, चटपटे पोको पार्न प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, पूर्वराजा महेन्द्रको सालिकमा ८८४८ ब्राण्डका रक्सीका बोतल र बियरका क्यान आफूले संकलन गरेको वेस्ट मेनेजमेन्टले बताएको छ ।
दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरिएको कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मित्र घिमिरेले बताएका छन् । तर, एमालेले भने आफूले फोहोर संकलन गरेको दाबी गर्दै महानगरको जरिबाना पत्र बुझ्न अस्वीकार गरिरहेको छ । महानगरले एमाले केन्द्रीय कार्यालयलमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्याक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको छ ।
एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । तर, एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भिष्म अधिकारीले महानगरले हुलाक र इमेलमार्फत पठाएको पत्र प्राप्त नभएको बताएका छन् ।
सरकारका प्रवक्ता तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङ एमालेलाई जरिबाना तिराउने अधिकार नभएको बताउँदै आएका छन् ।
मंसिर ७ गते दरबारमार्गको सभा गर्दा एमालेले फोहोर गरे पनि संकलन नगरेको भन्दै काठमाडौं महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको थियो ।
त्यही दिन राति १० बजेर ५९ मिनेटमा एमाले महासचिव शंकर पोखरेलले एमाले कार्यकर्ताले कार्यक्रमस्थलको फोहोर संकलन गरेको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन र महानगरको आर्थिक ऐन अनुसार जरिबाना तिराएको हो । काठमाडौं महानगरले महानगर क्षेत्रमा सभा गरेर फोहोर गरेको भन्दै जरिबाना तिराएको यो पहिलोपटक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले ५ हजार २२२ रुपैयाँ जरिबाना तिराएको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राप्रपाले जरिबाना तिरिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...
बैशाख १४ गते, २०८३ - ०७:५९
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...
बैशाख १४ गते, २०८३ - ०७:४८
बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...
बैशाख १४ गते, २०८३ - ०७:४३
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...
बैशाख १३ गते, २०८३ - २१:४६
काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...
बैशाख १३ गते, २०८३ - २१:४०
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...
बैशाख १३ गते, २०८३ - २१:३३
काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...
बैशाख १३ गते, २०८३ - २१:१९
प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...
बैशाख १३ गते, २०८३ - १९:४०
काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...
बैशाख १३ गते, २०८३ - १९:३२
काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...


प्रतिकृया लेख्नुहोस्: