Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

गोरखामा अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

खबरडबली संवाददाता

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’

पालिका भित्रका सवै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच मंगलबार उनीहरुलाई सम्मान गरिएको उनले जानकारी दिए । ‘‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देस्य हो, उनले भने, ‘‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’’

दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । ‘‘दीर्घकालिन रुपमा उनीहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उनले भने,‘‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending