दमक। झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई बर्षभरी नै नि:शुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उनले यस्तो बताएको हो ।
यस भन्दाअघि दमक नगरपालिकाले सामुदायिक बिद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड नि:शुल्क उपलब्ध गराउँदै आएको थियो । यस आर्थिक बर्षदेखि सबै महिलालाई बर्षभरी नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख थापाले बताए ।
शहरी स्वास्थ्य केन्द्रबाट जोसुकै महिलाले पनि सहज रुपमा सेनिटरी प्याड पाउने नगरपालिकाले जनाएको छ । यसको कार्यविधि बनाएर ब्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गरे । यो बिषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रुपमा लिइएको उनले बताए।
महीनावारी समयमा सुरक्षित स्यानिटरी प्याड उपलब्ध भएन भने शरीरबाट निस्किएको रगतले महिलाको भित्री अङ्ग सङ्क्रामक भएर शरीर विषयुक्त बनाउने भएकाले यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिए ।
आर्थिक अभाव र पर्याप्त चेतनाको अभावले अहिले पनि सेनिटरी प्याडको प्रयोग नगर्ने महिलाको संख्या धेरै भएको पाएका छौं, उनले भने। संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक शुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएकाले सफल बनाउन सबैलाई लाग्न भट्टराईले आग्रह गर्नुभयो । गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराइने उनले प्रतिबद्धता जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...
पौष ६ गते, २०८२ - १२:१६
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...
पौष ६ गते, २०८२ - १२:०७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...
पौष ६ गते, २०८२ - ११:४९
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...
पौष ६ गते, २०८२ - ११:२३
काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...




प्रतिकृया लेख्नुहोस्: