Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ । धेरै मिडिया रिपोर्टहरूमा अब उनले सबै ट्रान्सजेन्डर सदस्यहरूलाई अमेरिकी सेनाबाट हटाइने दाबी गरिएको छ ।

यस विषयमा ट्रम्पका प्रवक्ता क्यारोलिन लेभिटले त्यस्तो कुनै योजना नभएको बताएकी छन् । प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने,  ‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र त्यस्तो कुनै निर्णय भएमा औपचारिक रुपमा घोषणा गरिने छ ।’ तर, उनको यो प्रस्टोक्तोसँग धेरै सहमत हुन सकिरहेका छैनन् । 

किनभने ७८ वर्षीय ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तो आदेश लागू गरेका थिए । उनीहरूले ट्रान्सजेन्डरहरूलाई सशस्त्र बलमा भर्ती हुनबाट रोकेका थिए तर पहिले नै सेवा गरिरहेकाहरूलाई हटाउने कुनै निर्णय भने लिएका थिएनन् ।

अब भने पहिले नै कार्यरत रहेकाहरुलाई जागिरबाट हटाइने दाबी अमेरिकन मिडियामा गरिदैँ आएको छ । अमेरिकी सेनामा करिब १५ हजार ट्रान्सजेन्डरहरू सेवा गरिरहेका छन् ।

ट्रम्पले कम्युनिष्ट सोच बाहेक अन्य निर्णय लिन चाहेको कारण यस्तो निर्णय गर्न सक्ने मानिन्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै पनि विद्यालयमा बच्चाहरूलाई ट्रान्सजेन्डर र अन्य यौन सम्बन्धी विषयहरू जस्ता पागलपनलाई बढावा दिने विरुद्ध नीति बनाउने बताएका थिए । 

उनले ट्रान्सजेन्डर खेलाडीहरूलाई केटीहरूको खेलकुदबाट बाहिर राख्न पनि वकालत गरेका थिए। यस्तो अवस्थामा यस विषयमा दाबी भइरहेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending