Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

खबरडबली संवाददाता

लेवनान । लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । 

लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव–१७०१ ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महत्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताएका छन् । उनले सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गरेका छन् । 

प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उनले बताएका छन् । यसको माध्यामबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त् भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गरेका छन् । हाल प्राप्त उपलब्धीलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उनले प्रष्ट पारेका थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गरेको हो जुन बुधवार देखि लागु हुने जनाइएको छ । युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending