Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

लेबनानमा युद्धविराम गाजा युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण कदम:जोर्डन

खबरडबली संवाददाता

अम्मान । जोर्डनले लेबनानमा इजरायल र हिजबुल्लाहबिच बुधबार लागू भएको युद्धविरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमासबिचको युद्ध अन्त्य गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको बताएको छ । 

विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “युद्धविराम एक महत्वपूर्ण कदम हो, यसपछि गाजा पट्टीमा आक्रमण र पश्चिमी किनारामा इजरायली आक्रमणहरू अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयास गर्नुपर्छ ।” मन्त्रालयका प्रवक्ता सुफियान कुदाहले ‘राज्यको आफ्ना भाइचारा लेबनान, यसको सुरक्षा, स्थिरता, सम्प्रभुता र नागरिकहरुको संरक्षणको समर्थन’ पुनः पुष्टि गरे । 

विज्ञप्तिमा ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनको आवश्यकता’ मा पनि जोड दिइएको छ । यो बुधबार लागू भएको युद्धविरामको आधार थियो । यस प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको अन्तिम युद्धको अन्त्य गर्यो । यसमा लेबनान राज्यको सशस्त्र सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनालाई मात्र लेबनानको दक्षिणमा उपस्थित हुन आवश्यक थियो । 

जोर्डनले ‘लेबनानको राष्ट्रिय संस्थाहरुलाई बलियो बनाउन, पुनर्निर्माण गर्न र देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्न’ पनि समर्थन व्यक्त गरेको छ । युद्धविरामले इजरायल र हिजबुल्लाहबिच झन्डै एक वर्षसम्म सीमापार गोलीबारी र दुई महिनासम्म पूर्ण युद्धलाई अन्त्य गरेको छ । 

जनसङ्ख्याको करिब आधा प्यालेस्टिनी मूलका रहेको जोर्डन सन् १९९४ मा इजरायलसँग शान्धि सम्झौता गर्ने दोस्रो अरब राज्य बन्यो । यसले औपचारिकरुपमा छिमेकीहरुबिचको युद्धको अवस्थाको अन्त्य गर्यो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending